वीरगन्ज । वीरगन्जमा एकहप्ते वाककला तालिम शुरु भएको छ । अखिल भारतीय तेरापंथ युवक परिषदको निर्देशनमा नेपालमै पहिलो पटक प्रथम अन्तराष्ट्रिय कन्फिडेण्ट पब्लिक स्पीकिंग कार्यशालाको आयोजना गरिएको हो ।
तेरापंथ युवक परिषद बीरगंजको आयोजनामा वीरगन्जको जैन भवनमा आईतबारदेखि कार्यशाला गोष्ठि जारी छ । कार्यशालाको पहिलो दिन दिया ओसवालले कलात्मक एवं सुन्दर तरिकाले सबै सहभागिहरुलाई प्रशिक्षण दिईन् ।
अखिल भारत तेरापन्थ युवक परिषदको निर्देशन अनुसार तेरापन्थ युवक परिषद बीरगंज नेपालले आयोजना गरेको कार्यशालामा दुई समूहमा गरी ४९ जनाले भाग लिएका तेरापन्थ युवक परिषद वीरगन्जका मन्त्री सुमित सेठियाले जानकारी दिनुभयो ।
यो कार्यशाला १२ गते शनिबारसम्म चल्ने छ । कार्यशाला वीरगन्जका विभिन्न स्थानमा पनि सञ्चालन गरिने तेरापन्थ युवक परिषद वीरगन्जका अध्यक्ष लोकेश जम्मरले जानकारी दिनुभयो ।