कलैया । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाराको १४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार होटल करणराज प्यालेसमा भएको जिल्ला अधिवेशनबाट सन्दिप यादवको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्ष दिपेन्द्र यादव र अखिल पटेल, महिला उपाध्यक्ष लक्ष्मी लम्साल, समावेशी उपाध्यक्ष दीपक यादव र सचिव सुशील माली, सहसचिवमा अमित यादव, सोनु पटेल, प्रियंका सर्राफ र सहाबुद्दीन मियाँ र प्रल्हाद चौरसियालाई चयन गरिएको छ ।
कोषाध्यक्षमा निलम राम लगायत ३९ सदस्यीय बारा जिल्ला समिति चयन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिवम साहले जानकारी दिए ।
जिल्ला अधिवेशनको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सूर्यनारायण साहले उदघाटन गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गीता कडेंल, वैकल्पिक केन्द्रीय सदस्य तथा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल,
जयराम दाहाल, शीला खनाल, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज अनिल भगत, प्रदेश अध्यक्ष पुजन सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।