वीरगन्ज । सशस्त्र प्रहरीले पर्साकाे गण्डक चाेकबाट १३ लाख १७ हजार भन्दा बढीकाे सामान बरामद गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टाेलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकबाट १३ लाख १७ हजार ६९८ रूपैया बराबरको सामान साेमबार बरामद गरेकाे हाे ।
भारतबाट अबैध रुपमा भन्सार छलि विभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी बाराको जितपुर तर्फ लग्दै गरेको ९ लाख ३५ हजार ३ सय बराबरको किराना सामान तथा मोवाईलको पार्टसहरु बरामद गरी आवश्यक कारवाहिको लागि मंगलबार बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले पनि बिरगंज म.न.पा-१६ को विभिन्न सीमावर्ति ईलाकाहरुबाट ३ लाख ८२ हजार ३९८ काे किराना सामान, कपडा र माेटरपार्ट्सकाे सामान बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अबैध रुपमा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गर्दा बरामद गरेकाे सामानर आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीकाे भनाई छ ।