• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

त्यो माओवादी यो माओवादी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ श्रावण ४, शुक्रबार १९:५४ गते
त्यो माओवादी यो माओवादी
6
SHARES
67
VIEWS
फडीन्द्र फुयाल ‘ज्वाला’

दस वर्षे जनयुद्ध गरेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (ओवादी केन्द्र) का केही नेताको यतिबेलासम्म आइपुग्दा राम्रैसँग बर्गोत्थान भएको त छ तर पार्टीको जनविश्वास गिरेको छ ।

२०६३ अघिको माओवादी पार्टी ‘चेन अफ कमाण्ड’मा थियो, अनुशासन थियो । अहिले चेन चुँडालिएको छ, कमाण्ड कमाण्डरबिनाको मोर्चा झै बनेको छ । तर अहिले पार्टी उँभो होइन, उँधो गतिमा छ । नेता तथा कार्यकर्ताहरु सहरभोगी, सुखभोगी, जागिरभोगी, गुटगत मानसिकताभोगी, दलाली, चाकरी, चाप्लुसीभोगी, नातावाद कृपावादभोगी, दलालभोगी, कमिसनभोगी, छलछाम, झुटभोगी, हुँदा यो पार्टी हिजो पञ्चायती शासनकालको भन्दा पनि डुङडुङ्ती गनाउने भएको छ ।

ADVERTISEMENT

साँच्चै भन्नुपर्दा माओवादी पार्टी माओको सिद्धान्तमा अव झिंगाको टाउको जति पनि बाँकी छैन भन्दा पनि हुन्छ । पार्टीको नाम माओवादी राख्दैमा ऊ राम्रो, जनमुखी हुनेभए सबै बुद्धिबहादुरहरु बौद्धिक र वीरबहादुरहरु किन निडर हुँदैनन् ? यो त नाम एउटा र काम अर्के जस्तो भएको छ । जनतालाई झुक्याउने र सत्ताको खेलमा अर्काको वैशाखी टेकेर गोल हान्न खोज्ने तर त्यो भद्रगोलमा परिणत हुने देखिँदै गएको छ ।

माओवादी रुपान्तरण अभियान बारेः

गतवर्ष माओवादीले जनतासँग पार्टीको निकट सम्बन्ध स्थापना गर्ने, जनतासँग जोडिने भन्दै पार्टीका नेता र कार्यकर्ताहरुमा रुपान्तरण आवश्यकताको महसुश गर्दै चार महिने कार्यक्रम ‘माओवादी रुपान्तरण अभियान’ सञ्चालन ग¥यो । गते वर्ष प्रज्ञा भवनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो ।

सुबिधाभोगी सहर बजारमा बसेर, मिठो मसिनोमा भुलेर, शरीरमा बोसो भरिएका र महंगा जिम हलहरुमा ‘एक्सरसाइज’ गरेर बोसो पागल्न थालेका केही थान माओवादी नेताहरु गाउँमा पुगे र जनताको काम, दैनिक सुखदुःख, समस्या, पिडा, श्रम आदिका बारेमा पुनः नजिकै पुगेर जानकारी लिने काम गरे ।

कतिपय ‘कामचोर’ नेताहरु त जिल्ला सदरमुकाम पुगेर होटलमा बसेर, गफ छाँटेर, जनतासँगै श्रममा जोडिएको बहाना गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा रंग्याउँदै पार्टीका उपल्लो तहका नेताहरुलाई मख्ख पार्न समेत भ्याए ।

कतिपय पार्टीका बिचौलियाहरुले उक्त अभियानको प्रचारको जिम्मा लिएर केही उपकरणहरु (महंगा क्यामेरा, ल्यापटप, फेसबुक पेज बुस्टिङ, अनलाइन सञ्चालन, आईसीटी) खरिद गरेको फर्जि बिल पार्टीमा बुझाएर रकम पनि असुल्न भ्याए ।

अझै तिनैले माओवादी सिद्धान्तको बारेमा, सुशासनका बारेमा, भ्रष्टाचारबिरुद्धका बारेमा गफ दिँदै हिँडेको र पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका केही कर्मचारीहरुलाई गुमराहमा (भुलभुलैयामा) पार्ने काम पनि गरे ।

Advertisment Advertisment Advertisment

यसले गर्दा उक्त रुपान्तरण अभियान देखाउँने दाँत मात्र भएको धेरै इमान्दार र स्वाभीमानी कार्यकर्ताहरु अझै चिया–चौतरीमा गफ गरेको भेटिन्छ-सुनिन्छ । उनीहरु अचेल भन्न थालेका छन्, ‘रुपान्तरण अभियानले पार्टी रुपान्तरण होइन, केही नेताको खल्ती रुपान्तरण गर्ने काम चाहिँ राम्रैसँग भएछ ।’

माओवादीको गिर्दौ शाखः

गत शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । उनको सरकार ढलेर संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथो पटक यो देशको प्रधानमन्त्री बनेका छन् । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रचण्डले ६३ मत मात्रै पाए ।

०७९ पुस १० गते प्रचण्ड पहिलोपटक नेकपा (एमाले)सहितको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए । उनले ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत प्राप्त गरेका थिए ।

त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरु परिवर्तन गरे । सत्ता सहयात्री दलहरु फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए । त्यतिबेला उनले १७२ सांसदको समर्थन पाएका थिए । त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए ।

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । चौथोपटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते विश्वासको मत लिए । त्यतिबेला उपस्थित सांसदमध्ये १५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए । जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको थियो ।

माओवादीका लागि कहिलै बिर्सनै नसक्ने अंक ६३

माओवादीका लागि कहिलै बिर्सनै नसक्ने अंक ६३ रह्यो । शान्ति प्रक्रियामा आउँदा ०६३ मा माओवादी भुइँमान्छेको सपना थियो, आदर्श थियो । माओवादी सडकको बाघ थियो ।

यसपटक संसदमा ६३ मत दिएर माओवादीका प्रधानमन्त्रीलाई दहे झापड दिए । केही महिनाअघि १५७ मत ल्याएकालाई ६३ मा नै खुम्च्याइ दिए । वि.सं २०६३ मा माओवादीसँग वहुसंख्यक जनता थिए । सुदृढ पार्टी थियो ।

त्यतिवेला राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा स्थापित नेताहरु, जसले पुष्पकमल दाहाललाई (प्रचण्ड) बनाउन वैचारिक, राजनीतिक, संगठन र संघर्षबाट विशिष्ट योगदान दिएका थिए, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा वादल, सीपी गजुरेलसहितका हजारौं नेता तथा कार्यकर्ता एउटै पार्टीमा थिए ।

सुनकाण्डसहित कुनै घोटालामा माओवादी नेता नमुछिएकाले नैतिक शक्ति थियो । तिनले अपिल गर्दा हजारौं, लाखौं सडकमा उत्रिन्थे । आज ६३ बाट संसदबाट माओवादी लखेटिंदा अपमान र पराजयको, निराशा र उपेक्षाको नम्बर भएको छ । त्यतिबेला माओवादीसँग कोही प्रधानमन्त्री भएका ब्यक्ति त थिएनन र मन्त्री पनि थिएनन् ।

अहिले भूपू प्रम, मन्त्रीको भीड छ तर तिनका अपिलले जनता सडकमा आउँदैनन् । त्यो बलवान ०६३ बाट यो अपमानको ६३ सम्म आउँदा धेरै नेता तथा कार्यकर्ताको वर्गाेत्थान भएको छ तर जनविश्वास गुमेको छ । सबैभन्दा चिन्ताको कुरा भुइँमान्छेको भरोसा धर्मराएको छ ।

 

 

Previous Post

सुनको मूल्य वृद्धि र यसको प्रभावको बुझाइ : आर्थिक स्थिरताको सूचकको रूपमा सुन

Next Post

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In