वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादव निर्बिरोध चयन भएका छन । शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगार भेलाले गुप्तालाई नगर सभापति सर्वसम्मत चयन गरेको हो ।
डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले चन्दन यादवको नेतृत्वमा ११ सदस्य कमिटी पनि निर्बिरोध चयन गरेको छ ।
एघार सदस्यीय कमिटीको उपसभापतिमा ओम प्रकाश कुमार यादब , सचिबमा चन्दन प्रसाद शाह ,कोषाध्यक्षमा रामपती देबि र सदस्यहरुमा नागेन्द्र प्रसाद शाह,अशोक कुश्वाह ,ललन सहनी ,अरमानन्द प्रसाद शाह ,सरोज देबि सहनी ,अनिल कुमार शाह र धनमती देवी लगायत छन् ।
भेलालाई सम्बोधन प्रमुख अतिथि केन्द्रिय सदस्य डा. नन्दन यादबले अहिले बन्दै गरेको सरकारको गठ्बन्धन अप्राकृतिक गठबन्धन रहेको बताए ।
उनले उत्तरी ध्रुब र दक्षिणी ध्रुब मिल्न असम्भव रहेकोले यो बन्ने सरकार पनि लामो दौडको घोडा नभएको बताए । पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले नेपालको राजनीतिमा आउन अब युवाहरुलाइ कसैले रोक्न नसक्ने बताए ।
उनले ३५/४० बर्षका धेरै युवाहरुले सफलता पूर्वक देश हाकिसकेको उदाहरणहरु बिश्वमा प्रसस्तै भएकोले अब युबाहरु नै नेपालको भविष्य भएको बताए । संयोजक पन्तकै सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले स्वागत गरेका थिए ।
पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय, शिक्षा उपप्रमुख सोनालाल पटेल, क्षेत्रीय सभापति फैयाज मियाँ, वडा सभापति पूर्ण सापकोटा, डा.चन्द्र भूषण पाठक लगायतले आ–आफ्नो मन्तव्य गरेका थिए । भेलालाई संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेका थिए ।