वीरगन्ज । सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सारको सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार मेनगेटबाट वीरगन्ज–२ छप्कैयाका १७ बर्षीय कुशल सिंहलाई लागूऔषध सहित आईतबार पक्राउ गरेको हो ।
भारतको रक्सोलबाट वीरगन्जतर्फ आउदै गरेका सिंहमाथि शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथवाट प्रतिबन्धित लागुऔषध ट्रामानिल ५० एमजीको ३०२ पता (३०२० ट्याब्लेट) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका सिंहलाई आवश्यक कारवाहिकको लागि प्रहरी चौकी ईनरुवामा बुझाएको छ ।
त्यस्तै आईतबार नै सोही गुल्मबाट खटीएको टोलीले चेकप्वाईन्टको ५० मिटर उत्तर स्थित सडकमा पार्किङ्ग गरि राखेको बीआर ०१ पीए ७१६२ नम्बरको भारतीय स्कार्पियो चेकजाँच गर्दा गाडिभित्र २१ गते सम्मको मात्र प्रज्ञापन पत्र रहेको पाईएकोले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनमा राखि बिरगंजतर्फ ल्याउदै गरेको ४७ हजार ६३० मूल्य बराबरको किराना सामानहरु र नेपालबाट भन्सार छलि भारततर्फ लैजादै गरेको मुल्य रु. १४ हजार ८५० बराबरको कस्तुरी र एम्बिशन मदिरा गरि ६२ हजनार ४८० बराबरको सामानहरु नियनन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगन्ज पर्साले जनाएको छ ।