वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरिया नगर सभापतिमा प्रदीप पटेल चयन भएका छन् । शनिबार पोखरिया पार्टी प्यालेसमा आयोजित रास्वपाको पोखरिया प्रथम भेलाले प्रदिप पटेलको सभापतित्वमा ११ सदस्यीय नगर कमिटी समेत निर्बिरोध चयन गरेको हो ।
नवगठित कमिटिको उपसभापतिमा बैजनाथ ठाकुर, सचिबमा खलिल मिया तेली कोषाध्यक्षमा प्रतिमा देवी धोबिन र सदस्यहरुमा विशेश्वर प्रसाद यादब , राम प्रबेश पटेल ,सुरज कुर्मी, फुलमती देबि, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार बनु शाह गोड चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयाजक हरि पन्तको सभापतित्वमा सप्पन्न भएको हो । भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य डा नन्दन यादबले आफ्नो पार्टी सभापतिलाई विपक्षी हरुले निराधार आरोपहरु लगाएर अनावश्यक हिलो छ्याप्ने काम मात्र गरेको बताए ।
जिल्ला संयोजक पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरि अघि बढ्न निर्बाचित पालिका पदाधिकारीहरु लाई निर्देशन दिए । उनले अरु पार्टी हरुलार्इ पटक पटक हेरि सकिएकोले अब स्थानीय तहमा रास्वपालाई नै जिताउन त्यहाँका स्थानीयहरुलार्इ आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन बिभाग उप प्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त प्रथम भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरेका थिए । निबर्तमान संयोजक दिलिप कुर्मी, उप संयोजक तुल्सा पौडेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य सुदिस प्रजापती, सब्बु कणेल, क्षेत्रीय सभापति हरु फैयाज मिया, जितेन्द्र मिश्र यातायात बिभाग प्रमुख राम आर्य शिक्षा बिभाग उप प्रमुख सोना लाल पटेल वाडा सभापती माइकल साप्कोटा मुना साह, कासिम मियालागायतको सहभागीता थियो ।