वीरगन्ज । मधेशका अर्थ मन्त्री भरत प्रसाद साहले पहिलो तीन निर्णय गर्नुभएको छ । शुक्रबार मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बनाई बजेट निर्माण कार्य व्यवस्थित बनाउने बताएका छन् ।
बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकता र समग्र प्रदेशको समृद्धिमा योगदान पु¥याउन तोकिएकै समय भित्र अगामी आर्थिक बजेट तर्जुमा गर्ने बताएका हुन् । त्यसको लागि प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समय भित्र यस मधेस प्रदेश भित्रको बजेट तथा कार्यक्रम ल्याउने गरि आवश्यक तयारी गर्ने पहिलो निर्णय गरेका छन् ।
त्यस्तै मधेस प्रदेशको गरिबी निवारण उत्पदन वृद्धि र समाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकता हुने जनाएको छ ।
त्यस्तै वित्तीय संघीयता सफल कार्यान्वयन प्रदेशको आयमा बढोतरी प्रदेशको सन्तुलित विकास र समन्यायिक बिकासलाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुने र नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभुति पाउने गरि प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिने पनि नवनियुक्त अर्थमन्त्रीले निर्णय गरेका छन् ।