वीरगन्ज । मधेश प्रदेश सरकारबाट एकीकृत समाजवादी पार्टीले बाहिरिएको छ । केन्द्रको निर्देशन बमोजिम एकीकृत समाजवादी पार्टी प्रदेश सरकारबाट बाहिरिएको हो ।
नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएपछि एकीकृत समाजवादी पार्टी मधेश सरकारबाट आजै बाहिरिएको हो । एकीकृत समाजवादीका दुई मन्त्रीले राजिनामा दिएका छन् ।
साथै जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । नयाँ समीकरण अनुसारको सरकारमा कसरी सहभागी हुनेबारे छलफलका लागि एसको संसदीय दलको बैठक समेत डाकिएको छ ।
एकीकृत समाजवादीबाट मधेश सरकारमा संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुङ्गेली सरकारमा सहभागी थिए । उनीहरु दुवैजनाले आज प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई राजिनामा बुझाएका छन् ।