वीरगन्ज । वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेट वरपरको क्षेत्रबाट सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्मले बरामद गरेको भन्सार छलिका सामान वीरगन्ज भन्सारमा बुझाएको छ ।
भारतबाट भन्सार छलि ल्याइएका सामान मुख्य प्रवेशद्वार क्षेत्रबाट बरामद गरेको ४ लाख ५६ हजार ६३० मूल्य बराबारको सामानहरु वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको किराना सामान, कपडा तथा मोटरपार्टस रहेका थिए । साथै मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको मोटरसाईकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।
सामान ओसार गर्न प्रयोग गरिएको बीआर ७६९८ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए । मोटरसाईकलको मूल्य १ लाख ५० हजार रुपैंया राखिएको छ ।