वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा रहेको लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले गरेको दुव्र्यवहारको घटनामा विद्यालय व्यावस्थापन समितिले माफी मागेको छ ।
लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयमा निर्माण भईरहेको भवनको विषयमा सूचना संकलन गर्न गएका सुरेन्द्र यादवमाथि प्रधानाध्यापक दिनेश चौरसियाले गरेको अभद्र व्यवहार र सहायक प्रधानाध्यापक शशि दिप्ती यादव भौतिक आक्रमणमै उत्रिएको घटनामा विद्यालय व्यावस्थापन समितिले माफी मागेको स्रोतको भनाई छ ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नवलकिशोर यादवले घटनामा गल्ती भएको स्वीकार गर्दै माफी मागेको स्रोतको भनाई छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नवलकिशोर यादव सहायक प्रधानाध्यापक शशिदिप्ती यादवका श्रीमान हुन् ।
विद्यालय रहेको जग्गा दाताले दिएको भनेर दाता परिवारबाट नै विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नवलकिशोर यादव बनेका छन् । तर वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादवले भने उक्त जग्गा जग्गादाताको नाममा नभई सार्वजनिक ऐलानी जग्गा भएको दावी गरेका छन् ।
त्यसैले उक्त विद्यालयमा विवाद चलिरहेको छ । विद्यालयकी सहायक प्रधानाध्यापिका शशि दिप्ती यादवले अशोभनीय हर्कत गरेकी छिन् ।
सूचना संकलन गर्न गएका सुरेन्द्र यादव प्रधानाध्यापकसँग कुरकानी गरिरहेका बेला विद्यालयकी सहायक प्रधानाध्याकिकाले हातमा इट्टा लिएर कसैलाई आक्रमण गर्न खोजेको भिडियो र तस्वीर सोमबार भाईरल बनेको छ ।