वीरगन्ज । अनलाईन भुक्तानी सेवा कम्पनी इ–नेट पेमेन्ट प्रा.लि. को सेवा राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी अनुमतिपत्र प्राप्त इ–नेट पेमेन्ट प्रा.लि. ले बैंकको निर्देशनको परिपालना नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।
राष्ट्रय बैंकले कम्पनीको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ ।२०७६ फागुन २१ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी इ–नेट पेमेन्ट प्रा.लि. ले अनुमतिपत्र पाएको थियो ।
संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएको राष्ट्र बैंकको भनाई छ । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेनरदायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नु समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
केन्द्रीय बैंकको निर्देशनको परिपालना नगरेपछि भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ ९संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।