वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको आयोजनामा शनिबार गीता मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
बिश्व रेडक्रस दिवस (मे ८) को अवसरमा प्रत्येक वर्ष झै यसवर्ष पनि स्वास्थ्य शिविरको आयोजना गरेर वृद्ध असहाय एवं एकल महिला, बालबालिका लगायत सबैले स्वास्थ्य परिक्षण गराइ शिविरबाट लाभ लिने उद्देशयले शिविरको आयोजना गरिएको रेडक्रस उपशाखाका सभापति मदन प्रसाद गुप्ताले बताए ।
स्वास्थ्य परीक्षण शिविरमा १२ महिला सहित ४१ जनालार्इ डा. प्रमोद सरार्फ, डा. राधा भट्टराई, डा. सुमन प्रसाद, डा. प्रियंका चौधरी, सुनिल जयसवाल, पवन पटेल, सागर गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए ।
सुजित गुप्ता, पल्लबी मिश्रा, शेखर गुप्ता, काजल गुप्ता, दिपक सिंहले प्राबिधिक सहयोग गरेका थिए । रेडक्रस पर्साका उपमन्त्री शाविर अहमद एराज, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिनानाथ रौनियार,
काशी प्रसाद साह, गणेश प्रसाद साह, सरोजा राणा, नि. शाखा अधिकृत बीरशमसेर प्रसाद कुर्मी, कार्यालय सहयोगी मीना क्षेत्री, लक्ष्मिनारायण राउतको सहभागिता रहेको रेडक्रस सोसाईटी पर्साका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए ।