वीरगन्ज । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्रीबीच वार्ता भएको छ । गत वैशाख १८ गते दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
दुवैजनाबीच भएको वार्ताको विषयमा जानकारी दिदै मलेसियाका गृहमन्त्री इस्माइले यस्तो लेखेका छन,
‘हिजो साँझ मैले नेपालका समकक्षी महामहिम रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई फोन गर्ने समय पाएँ । मैले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि हामी दुईबीचको यो पहिलो अन्तरक्रिया हो । राष्ट्रिय सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्था हामी दुईबीचको छलफलको मुख्य विषय हो । राष्ट्रिय सुरक्षाको हित जोगाउने कुरामा कुनै सम्झौता हुँदैन भन्ने सहमति स्पष्ट छ । अन्तमा, हामीले विदेशी कामदार र सीमापार अपराध रोकथाम लगायतका अन्य धेरै विषयमा सहकार्य बढाउने हाम्रो आपसी प्रतिबद्धता पनि व्यक्त गरेका छौं।