काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बहादुर बुढालाई ल्याईएको छ । त्यहाँ कार्यरत नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ ।
हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको बुढालाई राजश्व अनुसन्धान विभागमा पठाईएको हो । ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारीका लागि परराष्ट्रमा सरुवा गरिएको स्रोतको भनाँई छ ।
महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए । उनी गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए ।
त्यसअघि ढुंगाना प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए ।
राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभागभन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको हो ।
बुढा बाराको प्रमुख जिल्ला अधिकारी र ढुंगाना वीरगन्ज आईसीपी भन्सारको प्रशासकको रुपमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।