वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सवारी चेकजाँचको नाममा आतंक मच्चाएको बताका छन् । तराई यातायात व्यावसायी संघको १७ औं साधारणसभाको शुक्रबार सिमरामा उदघाटन गर्दै मुख्यमन्त्री यादवले सवारी चेकजाँचको नाममा मधेसमा ट्राफिक प्रहरीले आतंक मच्चाएको बताएका हुन् ।
उनले मधेस प्रदेशमा सवारी चेकजाँचको बहानामा ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै यसको विषयमा आफूले सुरक्षा निकायको बैठकमा कुरा उठाउने बताए । पथलैयामा रहेको सवारी पटके कर संकलन गर्ने कार्यालयलाई विस्थापित गरेर आगामी आर्थिक बर्षदेखि शाखा विस्तार गर्ने र चौमासिक रुपमा गर्नुपर्ने रोडपरमिट, सवारी जाँचपास र नविकरणको एकर्षमा गर्ने व्यावस्था मिलाउने बताए ।
तराई यातायात व्यावसायी संघकका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ, मधेस प्रदेश श्रम तथा यातायातमन्त्री बेची लुंगेली, प्रदेश सांसद देवनारायण चौधरी, मञ्जु थापा मगर,
नेपाल ट्रक यातायात व्यवासायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सुनिल
गाउँलेले गरेका थिए ।
पत्रकार लम्साल दुईवटा यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित
बाराका पत्रकार प्रकाश लम्साल सम्मान्नित भएका छन् । नेपाल ट्रक यातायात व्यावसायी महासंघ र तराई यातायात व्यवासायी संघले पत्रकार प्रकाश लम्साललाई यातायात राष्ट्रिय पुरस्काराबाट सम्मान गरेको हो ।
कारोबार दैनिक र इमेज टेलिभिजनाका बारा संवाददाता लम्साललाई यातायात क्षेत्रको विकास र समस्याहरुको बारेमा निरन्तर कलम चलाएकोमा सम्मान गरेको हो ।
पत्रकार लम्साललाई आयोजक संस्थाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सरोज कुमार यादवले नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।