वीरगन्ज । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ वीरगन्ज परिवारको बर्ष २०२४/२५ को अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । बिहीबार बसेको नयाँ बोर्ड समितिको भेलाले लायन्स बर्ष २०२४/२५ को अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।
नवगठित कमिटिको भाईस प्रेसिडेण्टमा नरोत्तम पाण्डे, दोश्रो भाइस प्रेसिडेण्टमा दिगम्बर थापा र तेश्रो भाईस प्रेसिडेण्टमा संदीप साहलाई चयन गरिएको छ । त्यस्तै सचिवमा गणेश ठाकुरलाई र कोषाध्यक्षमा सुधीर साहलाई चयन गरिएको निर्वाचन अधिकृत संदीप गुप्ताले जानकारी गराए ।
नव निर्वाचिन अध्यक्ष भानुभक्त अधिकारीले लायस्न क्लबको विधान र नियम परिधिमा रहेर सामाजिक सेवा र मानवीय सेवामा अनवरत लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै लायन्स क्लब अफ परिवारका सदस्य श्याम गुप्ता डिष्ट्रिक्ट (३२५ एस) को एरिया ३ को एरिया चिफमा चयन भएकोमा गौरव महशुस भएको र गुप्तालाई बधाई ज्ञापन पनि गरिएको छ ।