वीरगन्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने आज वीरगन्ज आउदै छन् । मधेस प्रदेश स्तरीय सुरक्षा समन्वय बैठकमा बुधबार जनकपुर आएका गहृमन्त्री लामिछाने त्यहिबाट वीरगन्जमा आयोजना हुने राजस्व चुहावट नियन्त्रण सम्बन्धी बैठकमा सहभागी हुन वीरगन्ज आएका हुन् ।
उनी अहिले बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरको दर्शनका लागि बारामा रहेका छन् । गढीमाईको दर्शन र पूजाका लागि अहिले मन्दिर प्रवेश गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
गृहमन्त्री लामिछाने गण्डक स्थित होटल क्लार्कमा बिहान ११ बजे आयोजना हुने आयोजन हुने राजस्व चुहावट सम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
राजस्व चुहावट नियन्त्रण समितिको बैठकपछि गृहमन्त्री लामिछाने वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगपनि छलफल गर्ने भएको छ ।