• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

एमाले बाराको अध्यक्षमा पौडेल पक्षका पाण्डे विजयी, चारजना मैनाली पक्षका निर्वाचित

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र २५, आईतवार ०७:५६ गते
एमाले बाराको अध्यक्षमा पौडेल पक्षका पाण्डे विजयी, चारजना मैनाली पक्षका निर्वाचित
1
SHARES
15
VIEWS

वीरगन्ज । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा पाण्डेले अर्का प्रतिस्पर्धी टिना सुवेदी भन्दा ३४ मत बढी ल्याएर विजयी भएका हुन् । पाण्डेले ३७७ मत ल्याएका छन् ।

सुवेदीले ३४३ मत मात्रै पाईन् । पाण्डेलाई पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल, प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ लगायतको समर्थन रहेको थियो । सुवेदीलाई एमालेका अर्का पोलिटब्यूरो सदस्य अच्युत मैनाली, बलबीर चौधरी, ज्वाला साह लगायतको समर्थन रहेको थियो । सुवेदी मैनालीकी श्रीमती पनि हुन् । अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा भने मैनाली पक्षकै निर्वाचितथा  भएका छन् ।

ADVERTISEMENT

उपाध्यक्षमा भुलन चौधरी निर्वाचित भएका छन् । उनँले ३६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३४० मत ल्याएका छन् । सचिवमा अमृत बजगाँईले ३६३ मत ल्याएर विजयी भएका छन् । बजगाँई एमाले पोलिटब्यूरो सदस्य तथा वर्तमान कृषि मन्त्री ज्वाला साहका श्रीमान हुन् । उनका अर्का प्रतिस्पर्धी महम्मद समिउल्लाहले ३२७ मत पाए ।

त्यस्तै उपसचिवमा ३५७ मत ल्याएर जवाहिर अन्सारी विजयी हुँदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत मात्रै पाएका छन् । महिला उपसचिवमा ३६८ मत सहित भावना आचार्य (लक्ष्मी) निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत पाएकी थिईन् । नयाँ नेतृत्वका लागि सहमतिको प्रयास गरिएपनि सफल हुन नसकेपछि मतदान प्रकृयामा गएको हो ।

निर्वाचन प्रकृयामा गईसकेपछि पनि सहमतिको प्रयास गरेको भन्दै मतदाताहरु रुष्ट भएका थिए । टिना सुवेदी पक्ष पनि मतदानमै जानुपर्ने पक्षमा रहेका थिए । एमाले बाराको ११ औं अधिवेशनको चैत १९ गते सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

नेकपा एमाले बाराको नयाँ नेतृत्वको निर्वाचन परिणाम रोचक बनेको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पोलिटब्यूरो सदस्य अच्युत मैनाली, ज्वाला साह र बलबीर चौधरी लगायतका नेताहरु लागि परेपनि नेतृत्वमा भने अर्का पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल हावी भएका छन् । अन्य पदाधिकारीमा मैनाली समूहको बर्चस्व रहेपनि नेतृत्वमा पौडेल हावी भएका हुन् ।

एमाले बारामा मैनाली र पौडेलबीच आन्तरिक लडाई हुने गरेको छ । मैनाली नेकपा एमालेका अध्यक्ष केपी ओलीका निकट मानिन्छन् । ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहाकार भएका थिए । त्यस्तै पौडेल तत्कालिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री हूँदा राजनीतिक सल्लाहाकार बनेका थिए ।

नेकपा विभाजन भएपछि माधव नेपाल समूहमा लागेका पौडेल पुनः एमालेमा फर्किएका थिए । एमालेमा फर्किएपछि पौडेल र मैनालीको सम्बन्ध फेरी सुध्रिएपछि उनलाई बाराको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर, उनी गठबन्धनको उम्मेदवार जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज कलेजद्वारा एसईईपछि कानून अध्ययन विषयमा एकदिने अभिमूखिकरण कार्यक्रमको आयोजना

Next Post

‘वैदेशिक लगानीको वातावरण बनाउन कानून संसोधन आवश्यक’

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In