वीरगन्ज । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ । क्लबले आज पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरेर चैत २४ गते वीरगन्जको होटल क्लार्कमा ऐतिहासिक दोश्रो महाधिवेशन गर्ने जानकारी दिएको हो ।
महाधिवेशनको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गर्ने र क्लबका पास्ट इन्टरनेशनल डाईरेक्ट लायन जीएस होराको पनि आतिथ्यता रहने आयोजक क्लबका राष्ट्रिय अध्यक्ष लायन डीएन अग्रवालले जानकारी दिए ।
महाधिवेशनबाट लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाईस डिस्ष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नरका लागि नयाँ नेतृत्व पनि चयन हुने जानकारी गराएको छ । नयाँ नेतृत्वमा सर्वसम्मत नै चयन गर्ने प्रयास रहने बताईएको छ ।
डिष्ट्रिक्ट चिफ प्रकाश वाहेतीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा पीएमसीसी लायन रमेश कुमार अग्रवाल, डिष्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, एरिया चिफ लायन उमेश शर्मा, टे«जर रामबिहारी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
पर्सा, बारा, मकवानपुर, ललितपुर र काठमाडौं जिल्लालाई एउटा जिल्लाको रुपमा गठन गरिएको लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एसका झण्डै चारसय प्रतिनिधिहरु वीरगन्जमा हुने महाधिवेशनमा सहभागी हुने जानकारी दिएको छ ।
महाधिवेशनमा सहभागी हुन आउनेहरुले प्रतिनिधि प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार लाग्ने छ । प्रतिनिधिहरुले आउने जाने यातायात र होटलमा बस्ने व्यावस्था भने आफैले गर्नुपर्ने जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण जोन चेयरपर्सन लायन विजय कुश्वाहले गरेका थिए ।