वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले प्रहरीले गर्ने शान्ति सुरक्षा र अमन चयनकाे पाटाेमा पर्सा प्रहरी कही पनि नचुक्ने बताएका छन् ।
पर्सामा सरूवा भएर आएपछि पहिलाे पटक पर्साका पत्रकारहरूसँग ओैपचारिक भेटघाट गरेका एसपी ढुंगेलले संविधान र ऐन कानूनले दिएका सबै अधिकारकाे प्रयाेग गरेर शान्ति सुव्यवस्था कायम गर्ने बताए ।
कार्यालय प्रमुख फेरिएपछि एउटै मुद्दालाई पनि फेरी दाेहाे-याएर ल्याउने र कसले पहिले जाहेरी दिने भन्नेमा पक्ष र विपक्षमै प्रतिस्पर्धा हुने प्रवृत्ति मधेसमा आफूले देेखेकाेले त्यसलाई निरूत्साहित पार्ने बताए ।
उनले प्रहरीबाट पनि केही कमिकमजाेरीहरू हुनसक्ने र संगठन भित्रपनि सुधारकाे आवश्यकता रहेकाे बताउदै समाजमा खराब गर्नेहरू विरूद्ध प्रहरी र सञ्चारकर्मी मिलेर जानुपर्नेमा जाेड दिए ।
पर्साकाे सुरक्षा अवस्थाकाे विश्लेषण र प्राथमिकताकाे विषयमा सञ्चारकर्मीहरूले साेधेकाे प्रश्नमा एसपी ढुंगेलले आफूले कुनै प्राथमिकता निर्धारण नगरेकाे र केन्द्रीय प्रहरी संगठनले जे निर्देशन गरेकाे छ त्यसकै आधारमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चाेरी तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा प्रहरीकाे ध्यान रहेकाे बताए ।
पीडितहरूले आफ्ना समस्याहरू निर्धक्कसँग राख्न सक्ने र तल्लाे तहबाट काम नभए सिधै गुनासाे सुन्ने अधिकारीलाई सम्पर्क गर्न आग्रह गरे । उनले आवश्यकताकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्सामा जुनियर अधिकृतकाे नेतृत्वमा छुट्टै गुनासाे सुन्ने अधिकारीकाे व्यावस्थामा पनि आफूले साेच्ने बताए ।
व्यावसायिक निष्ठा सहित मर्यादित पत्रकारिता पेशा गर्नेहरूकाे लागि सूचना सहज पहुँच बनाउने बताउदै एसपी ढुंगेलले प्रहरीकाे कमीकमजोरीहरूकाे विषयमा समेत सुधार गर्न सुझाब र सल्लाहकाे अपेक्षा रहेकाे बताए ।
सरूवा प्रहरी संगठनकाे नियमित प्रकृया र घुमीरहने कामकाे प्रकृति भएकोले पनि एकजना प्रमुखकाे परिवर्तनले मात्रै समाज परिवर्तन हुन नस्कने भन्दै उनले यहाँको परिवर्तनकाे लागि स्थानीय समाज र यहीका सञ्चारकर्मीहरूकाे भूमिका महत्वपूर्ण रहने बताए ।