वीरगन्ज । आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको नयाँ कार्यसमिति गठन गरिएको छ । सर्लाहीको घुर्कोलीमा सोमबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले युवा व्यवसायी आदरणीय सुमन मोक्तान ज्यूको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टिकाराम सुस्लिङ, उपाध्यक्ष अन्जिता भुजेल, सचिव सुमित्रा पाख्रिन, सहसचिव अरुण ब्लोन र आइसा दनुवार र कोषाध्यक्षमा दिपक माझी चयन भएका छन् । समितिको सदस्यहरुमा निका आले, रवि गुरुङ, रोशन मोक्तान, अशोक घिसिङ, सुरज घलान, रोशन दोङ रहेका छन् ।