• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जमा सोनाम ल्होछार र नेवाः भ्वय् भव्य रुपमा सम्पन्न, पर्सामा जुर्ममुराए आदिवासी जनजाति समुदाय

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २८, आईतवार ०६:५० गते
वीरगन्जमा सोनाम ल्होछार र नेवाः भ्वय् भव्य रुपमा सम्पन्न, पर्सामा जुर्ममुराए आदिवासी जनजाति समुदाय
6
SHARES
65
VIEWS

वीरगन्ज । वीरगन्जमा तामाङ समुदायले नयाँबर्ष २८६० औं सोनाम डुक ल्होछार र नेवार समुदायले नेवाःभ्वय् भव्य रुपमा मनाएका छन् । नेपाल तामाङ घेदुङ पर्सा र टाँसी साङ थर्वालिङ गुम्बा समितिको आयोजनामा शनिबार वीरगन्जको आदर्शनगर स्थित पूरानो बसपार्कमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना सहित सोनाम ल्होछार मनाएका हुन् ।

ल्होछारको अवसरमा भिस्वा स्थित गुम्बामा पूजा गरि शोभायात्रा सहित आदर्शनगर पुगेर सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । ल्होछार मूल आयोजनक समितिका संयोजक मणी पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाटन गरेका थिए ।

ADVERTISEMENT

उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै नेपालमा बसोवास गर्ने सबै जातजाति भाषा धर्म र सम्प्रदायले आ–आफ्नो संस्कृतिलाई खुला रुपमा मनाउन पाउनुपर्ने बताए । उनले आफ्नो धर्म संस्कृति मनाउने नाममा अरुको धर्म संस्कृतिलाई आघात पु-याउने काम भने गर्न नहुने बताए ।

उनले आदिवासी जनजाति समुदायको आफ्नो भाषा संस्कृति र पहिचानलाई स्थापित गर्नका लागि खुलेर अगाडि बढ्न आग्रह गरे । नेपाल तामाङ घेदुङ बागमती प्रदेशका सचिव फूलकाजी स्याङबोले राज्यले पछाडि पारेको समुदाय मध्य तामाङ समुदाय पनि पर्ने र अहिले विभिन्न आन्दोलनपछि प्राप्त उपलब्धिले आफ्नो भाषा, धर्म र संस्कृति संरक्षणका लागि संविधानमै व्यावस्था गरिएको बताए ।

तामाङ संस्कृति सभ्यताको विषयमा विश्वभर छरिएर रहेका तामाङ मुदायसम्म पु-याउन आवश्यक रहेको बताए । नेपाल मगर संघका केन्द्रीय कार्यवाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले आदिवासी जनजाति समुदायको हक अधिकारका लागि सबै आदिवासी जनजाति संघ संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज निरज पिठाकोटे मगरले भाषा संस्कृतिको संरक्षण र पहिचानका लागि सांस्कृतिक कार्यक्रम मात्रै नभई वैचारिक बहसलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आदिवासी जनजाति समुदायमा वैचारिक बहस कम र मनोरञ्जनमा मात्रै बढी आकर्षित हुँदा पहिचानका मुद्दाहरु ओझेलमा पर्ने गरेको बताए ।

Advertisment Advertisment Advertisment

कार्यक्रममा नेपाल तामाङ घेदुङका जिल्ला सचिव छेडुप लामाले स्वागत गरेका थिए । कार्यक्रममा लिटल एञ्जल र मास्कोट एकेडेमीका विद्यार्थीहरुले तामाङ संस्कृति झल्किने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम बहादर स्याङताङ, निमा लामा, नेपाल पात्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तत्कालिन सुवर्णपूर गाविसका अध्यक्ष जरी लामा, ठोरी गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष सूर्य लामा, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष बई बहादुर तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

नेवार समुदायले मनाए नेवाः भ्वय्

यस्तै वीरगन्जमा शनिबार नै नेवार समुदायले पनि अस्ती नेवाः भ्वय मनाएका छन् । विभिन्न नेवारी खानाका परिकार सहित सामूहिक रुपमा भोज खाने चलनलाई नै नेवाः भ्वय भन्ने गरिएको छ । नेवा देयः दबू वीरगन्ज महानगर समितिको आयोजनामा होटल भिस्वामा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नै उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर सिंहले समुदायमा फुट हुँदा अधिकार र संस्कृति पनि छिन्नभिन्न भएको बताउदै नेवार समुदायलाई एकजुट हुन आग्रह गरे । उनले लिच्चवीकालिन राजाहरुको उदाहरण दिदै आफै आफैमा फुट आउँदा राज्य नै गुमाउनु पर्ने बताउदै अधिकार र संस्कृति जोगाउन एकजुट हुनुको विकल्प नरहेको बताए ।

नेवा देयः दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले नेवा सभ्यता निकै पूरानो र महत्वपूर्ण रहेकोले आफ्नो पहिचान र संस्कृति जोगाउन सबै नेवार समुदाय मिलेर जानुपर्ने बताए । उनले नेपाल सम्वत सरकारी कार्यालयहरुमा शुरु गरेकोले वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई पनि वीरगन्ज महानगरमा नेपाल सम्वत शुरु गर्न आग्रह गरे ।

नेवा देयः दबू मधेस प्रदेशका पदाधिकारी पर्साका सुनिल श्रेष्ठ, महानगर अध्यक्ष सत्यम खड्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हेमन्त शर्मा र सञ्जु अमात्यले सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन सौराज प्रधानले गर्नुभएको थियो । कार्यक्रममा नेवार समुदाय लगायत विभिन्न समुदायका व्यक्तिहरुको पनि सहभागितामा नेवा भोज सम्पन्न भएको हो ।

Previous Post

शनिबार वीरगन्जको आदर्शनगरमा २८६० औं सोनाम ल्होछार भव्य रुपमा मनाईने

Next Post

राजदरबार हत्याकाण्डको छानविन गरेर देखाउन प्रचण्डलाई कमल थापाको चुनौती

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In