वीरगन्ज । वीरगन्ज कलेजले यसबर्ष पनि ‘सिक्दै र पढ्दै’ कार्यक्रम अन्तर्गत दुईदिने सांस्कृति तथा रात्री खाना महोत्सवको आयोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई ‘सिक्दै र पढ्दै’ जीविकोपार्जन गर्नका लागि उद्यशिलतामा प्रोत्साहन गर्नका लागि कार्यक्रमको अयोजना गर्न लागिएको हो ।
त्यसको लागि वीरगन्ज महानगरपालिकाबाट कार्यक्रम स्थलको अनुमति प्राप्त गरिसकेको र तयारी पनि शुरु भएको वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिए । गतबर्ष पहिलो पटक वीरगन्जमा ‘सडक खाना महोत्सव’ को आयोजना गरेको थियो ।
सोही कार्यक्रमलाई निरन्तरता दिदै यसबर्षपनि फागुनको १८ र १९ गते सडक खाना महोत्सवको आयोजना गर्न लागिएको डाक्टर चौधरीले बताए ।
कलेजले २०७९ सालमा सात दिने डल, साबुन, सर्फ बनाउने तालिम ८ दिने व्यावसायिक लेखा तालिम र रात्री बजारको अवधारणा अनुसार दुईदिने सांस्कृतिक खाना महोत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।