• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगन्जमा हुँदै, केन्द्रीय टोलीको पर्साका प्रजिअ भुषाल र मेयर सिंहसँग छलफल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष १७, मंगलवार ०९:५९ गते
प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगन्जमा हुँदै, केन्द्रीय टोलीको पर्साका प्रजिअ भुषाल र मेयर सिंहसँग छलफल
6
SHARES
65
VIEWS

वीरगन्ज । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगन्जमा हुने भएको छ । नेपालको प्रमुख प्रवेशद्वार तथा आर्थिक र आद्योगिक नगरी वीरगन्जमा आगामी माघ १३, १४ र १५ गते विधान सम्मेलन सहित स्थापना दिवस पनि मनाउने निर्णय यसअघि नै केन्द्रीय समितिको बैठकले गरेको हो । वीरगन्जमा हुने विधान सम्मेलन र स्थापना दिवसको तयारीका लागि प्रेस सेण्टर नेपालका का अध्यक्ष सहितको पदाधिकारीको टोली वीरगन्जमा आएर विभिन्न निकायहरुमा छलफल गरेको छ ।

प्रेस सेण्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष निर्मल ज्ञवाली र सचिवालय सदस्य अमृतराज उपाध्याय सहितको टोलीले वीरगन्जमा आएर कार्यक्रम स्थलको अवलोकन सहित वीरगन्ज महानगरपालिकाका मेयर राजेमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँग छलफल गरेको छ ।

ADVERTISEMENT

छलफलका क्रममा अध्यक्ष सापकोटाले वीरगन्जमा विधान सम्मेलन र स्थापना दिवस मनाउन लागिएको जानकारी दिदै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउने बताउनुभयो । प्रधानमन्त्रीकै उपस्थितिमा वीरगन्जमा विधान सम्मेलन र स्थापना दिवस मनाउने तयारी रहेको र देशको प्रमुख प्रवेशद्वार र आर्थिक तथा औद्योगिक राजधानीको उपमा पाएको वीरगन्जलको बृहत्तर विकासमा सेण्टरको तर्फबाट हुनसक्ने सहयोग र पहल गर्ने बताउनुभयो ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई वैभव वीरगन्ज बनाउने अभियानमा रहेको जनाउदै त्यसको लागि चौथो अंग सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले वीरगन्जलाई संघीय सरकारले पनि उपेक्षा गरेकोले वीरगन्जले राजस्व संकलनमा पु¥याएको योगदानको आधारमा वीरगन्जलाई बजेट उपलब्ध गराउनेतर्फ पहल गरिदिन आग्रह गनुभयो । छलफलमा सेण्टरका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष दीपक गौतम, सचिव शिवनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

 

त्यसअघि सेण्टरको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसँग पनि छलफल गरेको थियो । भेटघाट तथा छलफलका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुषालले पर्सामा सरुवा भएप्छि प्रधानमन्त्री र गृहमन्त्रीले आफूलाई राजस्व संकलन, शान्ति सुरक्षा, सुशासन र मिटरब्याजका समस्यालाई प्राथामिकता दिएर काम गर्न निर्देशन गरेकोले सोही अनुसार योजना बनाएर आफूले काम शुरु गरेको जानकारी दिनुभयो ।

Advertisment Advertisment Advertisment

स्थानीय तहको संरचना पछि कर्मचारीहरुले आकर्षक कार्यालय र स्थानीय तह रोज्न थालेपछि कर्मचारीको अभाव भएर जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनमा प्रभाव परेको बताउनुभयो । संघीय सरकारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालय रहेको र देखिने गरी सरकारकले गरेका सकारात्मक कामहरु जिल्ला प्रशासन कार्यालयबाटै नागरिकमा प्रतबिम्वित हुने भएकोले सोही अनुसार काम भईरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको भेटघाट तथा छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी, शिव लम्साल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर, सचिव शिवनाथ यादव लगायतको सहभागिता रहेको थियो । केन्द्रको टोलीले प्रेस सेण्टर नेपाल पर्साको कार्य समितिसँग पनि छलफल गरेको छ ।

Previous Post

देश असफल भई आर्थिक संकट गहिरिदै गएको प्रभु साहको टिप्पणी

Next Post

वीरगन्जको आर.के. एण्ड सन्स सुनचाँदी पसलमा राजस्व अनुसन्धानको छापा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In