वीरगन्ज । वीरगन्जको ज्ञानदा एकेडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । ज्ञानदा एकेडेमीका अध्यक्ष संदीप कुमार तुलस्यानको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले उदघाटन गर्नुभएको थियो ।
कार्यकममा ज्ञानदा एकेडेमीमा अध्ययरत पिजि देखि कक्षा १२ सम्मका छात्र(छात्रहरूले भाग लिएका थिए । प्रतियोगितामा ५० देखि ४०० मिटर सम्मका दौड, बेलेन्सिङ खेल, इटिङ रेस, कोण कलेक्सन, स्कीपिड, बुक बेलेन्सिङ, सैक रेस, अबस्टकल रेस, थ्री लेग्ड रेस, जाभलिङ थ्रो, कबड्डी, शटपुट, डिस्कस थ्रो, लङजम्प, त्रिपल जम्प आदि खेलहरूमा प्रतिस्पर्धा गराईएको थियो ।
वीरगन्जमा शिक्षा क्षेत्रका साथै अन्य अतिरिक्त क्रियाकलापहरू तथा खेलकुद स्वास्थ्यको लागि अपरिहार्य रहेको र स्वस्थ जीवनको लागि विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको ज्ञानदा एकेडेमीले यस वर्ष पनि वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोईरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा ठाकुराम बहुमुखी क्याम्पसका प्रमुख रञ्जित यादव, नारायणी एफ.एम.का सम्पादक निरज पिठाकोटे मगर लगायत शिक्षक, अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ज्ञानदा एकेडेमीका शिक्षक तथा शिक्षिकाहरू केशव कुमार शर्मा, प्रदिप कर्ण र आकृति थापाले गर्नुभएको थियो ।