• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

भारतले निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा तस्करी हुदै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ११, बुधबार ०९:५८ गते
भारतले निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा तस्करी हुदै

बारा र पर्साका सुरक्षाकर्मीहरुले विभिन्न स्थान र समयमा नियन्त्रणमा लिएको पिकअप र प्याज । तस्वीर : प्रहरी स्रोत

2
SHARES
21
VIEWS

वीरगन्ज । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको प्याज भारतीय सीमा सुरक्षाको आँखा छलेर नेपालमा प्यापक तस्करी भईरहेको छ । भारत सरकारले ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याजको आन्तरिक उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्न भारतले डिसेम्बर ८ तारिक अर्थात मंसिर २२ गतेदेखि भारतले निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसअघि आन्तरिक मौज्दात कायम राख्न र मूल्य बढ्न नदिन प्याजको निर्यातलाई हतोत्साही गर्न गत अगस्टमा भारतले ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो । अक्टोबरको अन्त्यमा, प्याज निर्यातको लागि न्यूनतम निर्यात मूल्य प्रति टन ८०० डलर तोकिएको थियो । यी दुवै निर्णय ३१ डिसेम्बर २०२३ सम्म लागू हुने भएपनि अहिले । भारतबाट प्याजको ब्यापक तस्करी भईरहेको छ ।
भारतबाट तस्करी गरी ल्याईएको प्याज सीमावर्ती नेपली सुरक्षाकर्मीहरुले धमाधम नियन्त्रणमा लिन थालेको छ । नेपालको मुख्य प्रवेशद्वार वीरगन्ज लगायतका आसपासका पर्सा र बाराका सीमा नाकाहरुबाट भारतीय बजारबाट तस्करी गरी ल्याईएको प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

ADVERTISEMENT

भारतबाट निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा ब्यापक तस्करी हुन थालेपछि पर्सा र बारा प्रहरीले नियन्त्रण लिन थालेको छ । पर्सा प्रहरीले चालू आर्थिक बर्षको पुष पहिलो सातासम्म १६१ बोरामा रहेको १३ लाख ६२ हजार २१५ रुपैंया बराबरको प्याज नियन्त्रणमा लिएको छ । यसको साथै पर्सा प्रहरीले ना ४ च ८७१३ र ना ३ च ३१५० नम्बरको दुईवटा पिकअप भ्यान समेत बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताए ।

भारतबाट तस्करी भएको प्याज बारा प्रहरीले धेरै नियन्त्रणमा लिएको छ । बारा प्रहरीले चालू आर्थिक बर्षको भदौ २४ गतेदेखि पुष ७ गतेसम्ममा १ करोड ८७ लाख ८ हजार ७ सय रुपैंयाको प्याज बरामद गरेको छ । प्रहरीले १७ हजार ५ सय ८३ किलो बाहेक पनि चारवटा प्याज सहितको पिकअप नियन्त्रणमा लिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

नेपाल प्रहरीले मात्रै होईन सशस्त्र प्रहरीले पनि तस्करीको प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटर अन्तर्गतका बिओपी र १२ नम्बर हेडक्वाटर बारा अन्तर्गतका बोर्डर आउट पोष्ट (बिओपी) हरुले ७ हजार ५३२ केजी प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराले कार्तिक र मंसिर महिनामा २ हजार ७६ केजी बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगीले बताए ।

भारतले प्रतिबन्ध लगाएको प्याज नेपालमा सुरक्षाकर्मीले बरामद गरेपछि नेपाली फलफूल तथा तरकारी व्यावसायीहरु भने असन्तुष्टि जनाएका छन् । भारतबाट अहिले प्याज ल्याउन कानूनी रुपमा प्रतिबन्ध रहेको छ । भारतबाट नै अवैधबाटो आउने प्याज नेपालतर्फ पनि भन्सारले पास गर्न पनि कानूनी रुपमा वैध हुदैन ।

त्यसैले भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धले नेपाली व्यावसायीहरुको व्यापारमा पनि धक्का लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भारतबाटै अवैध रुपमा आउने प्याज नेपालमा पनि अवैध हुने भन्दै सुरक्षाकर्मीले भने निगरानी बढाएको हो ।
वीरगन्ज तरकारी तथा फलफूल व्यवासायी संघका अध्यक्ष विदुर गुप्ता नेपालमा बिक्री गर्न लगिएको प्याज प्रहरीले समानु उचित नभएको बताउछन् ।

उनी भन्छन्, ‘नेपाली उपभोत्तालाई आवश्यक प्याज अलि अलि भएपनि पाउने गरेको थियो । अब प्रहरीको धरपकडले त्यो पनि पाउने अवस्था भएन । यस्तै भयो भने महंगो मूल्यमा पनि प्याज पाउन मुस्किल पर्छ ।’

अध्यक्ष गुप्ताले नेपाल सरकारले कि त प्याज आयातको लागि कुटनीतिक पहल गर्नुपर्ने कि नेपालमा ल्याईएको प्याजलाई निर्वाध रुपमा बिक्री गर्न पाउने वातावरण बनाउनुपर्ने बताए । भारतले प्रतिबन्ध लगाएको प्याज व्यापारीहरुले पनि तस्करीको माध्यमबाट ल्याउन थालेको भन्दै प्याज खरिद बिक्री नै नगर्दा सरकारलाई पनि केही दबाव पुग्ने उनको बुझाई छ ।

Advertisment Advertisment Advertisment

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले एक देशबाट पास नभई आएको सामान अर्को देशमा भन्सार पास गर्न कानूनी रुपमा नमिल्ने भन्दै अहिलेको प्याजको समस्यालाई दुईदेशको कुटनीतिकस्तरबाट पहल गरेर केही मात्रामा आउन दिने व्यावस्था गरेर ल्याउन सकिने बताए । भारतबाट तस्करी भएर आएको सामानलाई नियमनको हिसाबले पनि बरामद गर्नुपर्ने भन्दै त्यसलाई भन्सारलाई बुझाएर लिलामी प्रकृयाबाट मात्रै प्रयोग गर्नुपर्ने बताए ।

 

Previous Post

स्वर्णकार हत्यामा संलग्न सार्प सुटर सिंह प्रहरीको फन्दामा

Next Post

रुपेश स्वर्णकार हत्याको दुई महिनापछि ‘सार्प सुटर’ पक्राउ

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In