काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आईतबार पनि भन्सार विभागमा घेराऊ गरेको छ । भन्सार कानूनमा रहेको ४५℅ कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन आम सम्पर्क मञ्चले शुरू गरेको दोश्रों चरणको आन्दोलन अन्तर्गत आईतबार सातौ दिन भन्सार बिभाग घेराऊ गरेका हुन् ।
आम जनता पार्टीको अह्वानमा शुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनुवाई नगरेकोले आन्दोलनकारीहरु आक्रोशित हुदै चर्को नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले “राजस्व लुटन पाईदैन, भन्सार तिम्रो बैटैया हैन, हाम्रो माग पुरा गर,” जस्ता नाराहरु लगाएका छन ।
सिमानाको पहरेदारी गरिरहेका जनताको सरोकारसंग जोड़िएका विषयहरुमा सबैको सहयोग आवश्यक रहेको भन्दै आयोजकले आम सहभागिताको लागि बिशेष अपिल समेत गरेको छ । भन्सार कानूनमा राखिएको प्रावधान हटाउन माग गर्दै आम जनता पार्टी निरन्तर आन्दोलनरत छ ।