वीरगन्ज । वीरगन्जकाे आदर्शनगरस्थित रूंगटा मलमा रहेकाे चन्द्र दर्शन बचत तथा सहकारी संस्थाले बचतकर्ताकाे रकम नदिएकाे बचतकर्ताहरुले गुनासाे गरेका छन् ।
सहकारीले बचतकर्ताकाे रकम जम्मा गरेेेकाे समयावधि सकिएकाे महिनाै हुँदा समेत अहिलेसम्म रकम फिर्ता नगरेको भन्दै आक्राेशित भएका छन् । उनीहरूले बिहीबार सहकारीको कार्यालयमा आएर बचत रकम भुक्तानी गर्न माग गरेका छन् ।
सहकारीले चितवन, काठमाडौं, पाेखरा लगायतका स्थानमा शाखा रहेकाे भन्दै बचतकर्ता हरूकाे बचत गरेकाे तर अहिले भने रकम जम्मा गरेकाे समयााावधि सकिएपनि बचतकर्ताकाे रकम भने निदएकाे बचतकर्ताहरूले बताए ।
उनीहरूले बिहीबार कार्यालयमै पुगेर रकम फिर्ता मागेका थिए । आक्राेशित ग्राहकले सहकारीका प्रमुख राजन पाैडेललाई कार्यालयमै घेराउ गरेका थिए ।
सहकारीका प्रमुख राजनले खासै समस्या नभए पनि कर्जा लिनेले समयमा भुक्तानी नगर्दा बचतकर्ताकाे रकम फिर्ता गर्न नसकेको बताए ।
बचतकर्ताकाे भुक्तानी भन्दा कर्जा लगानी बढी नै रहेकाेले रकम फिर्तामा समस्या भएको उनले बताए । चैतसम्मकाे समयसीमासम्म सबै बचतकर्ताकाे रकम फिर्ता गर्ने याेजना रहेकाे बताए ।