• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

शिक्षाको मन्दिर हरिखेतानमा स्वार्थको द्वन्द्व, विद्यार्थी र अभिभावक चिन्तित

by
प्रकाशित मिति : २०८० पुष ३, मंगलवार १०:१४ गते
शिक्षाको मन्दिर हरिखेतानमा स्वार्थको द्वन्द्व, विद्यार्थी र अभिभावक चिन्तित
30
SHARES
337
VIEWS

वीरगन्ज । वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा क्याम्स प्रमुख र सञ्चालक समितिबीचको द्वन्द्वका कारण विद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन् । क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुख डाक्टर भगवान प्रसाद यादवलाई अनिवार्य अवकाश दिएर नयाँ निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी किशोरी रायलाई दिएपछि विवाद उत्पन्न भएको हो ।

सञ्चालक समिति र क्याम्पस प्रमुखबीचको विवादले क्याम्पसमा पठनपाठन प्रभावित हुने भएपछि विद्यार्थी र अभिभावकहरु चिन्तित भएका हुन् । क्याम्पस सञ्चालक समितिले अनिवार्य अवकाश दिएका डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन् । आईतबार क्याम्पसमै बसेको सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुख डा.यादवलाई अनिवार्य अवकाश दिने निर्णय गरेको थियो ।

ADVERTISEMENT

सोमबार क्याम्पस मै पत्रकार सम्मेलनको आयोजना गरेर आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने बताए । जुन सुकै तहका कर्मचारीको बिदाई सम्मानपूर्ण हुने गरेको आजको समयमा क्याम्पस प्रमुख जस्तो ब्यक्तिलाई उमेर हदका कारण देखाउदै हठात सेवावाट अवकाश दिइएको कुरा सभ्य समाजकालागि पाच्य हुन नसक्ने बिज्ञहरुको टिप्पणी छ ।

गुठी संस्थानको जग्गा र व्यापारिक घरना खेतान परिवारको समेत केही लगानीमा स्थापित भएको क्याम्पसमा झण्डै चारदशक देखी डा. भगवान यादवले प्रमुखको रुपमा कार्यरत रहदै आएका थिए । डा. भागवान यादवलाई अवकाश दिने क्याम्पस समिति नै अवैध रहेको छ । ०७५ सालमा चयन भएको समितिको म्याद तीन वर्षको रहेकोमा त्यसपछि ०७९ मा भएको क्याम्पस सभाले जोखन दास थारुको अध्यक्षतामा नयाँ सभा गठन गरेको छ ।

प्रेम प्रकाश खेतानले अनाधिकृत रुपमा क्याम्पस सभाको अध्यक्ष भएको दावी गर्दै गरेका निर्णयहरु अवैध रहेको डा.यादवले बताए । क्याम्पसको नाममा रहेको बचत तथा त्यसको आर्थिक कारोवार खेतान परिवारद्वारा प्रर्वद्धित लक्ष्मी बैंकमा सार्न खेतानहरुले दिएको दवाव नमानेकै कारण उनीहरु यादवलाई पदमुक्त गर्ने तह सम्म पुगेको डा.यादवको भनाई छ ।

क्याम्पसको राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक लगायतका बैंकमा खाता रहेको छ । अन्य सबै बैंकको खाता रोकेर लक्ष्मी बैंकमा मात्र खाता संचालन गर्न कथित क्याम्पस सभाको अध्यक्षको हैसियतमा प्रेम प्रसाद खेतानले क्याम्पस प्रमुख डा. यादवलाई पत्र लेखेका थिए । क्याम्पस प्रमुख डा. यादवले त्यसो गर्न नमानेपछि खेतान परिवार यादवलाई अवैधानिक रुपमा हटाएका हुन् ।

शिक्षा प्रदान गर्ने सरस्वतीको मन्दिरमा स्वार्थको द्वन्द्वले त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको अध्ययन प्रभावित हुने भएपछि विद्यार्थी र अभिभावकहरु चिन्तित बनेका छन् । व्यापारिक घराना खेतान परिवारले स्वार्थका लागि हरिखेतान बहुमुखी क्याम्पसमा द्वन्द्व सृजना गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा संघर्षको दिनको स्मरण गर्दै डा. यादवले भने, “बीरगंजको समाजले भन्यो भने क्याम्पसमा नबसौला ! तर यत्रो दुःख गरेको ठाउँबाट अपमानपूर्ण व्यावहार आफूले टुलु टुलु हेरेर बस्ने अवस्था रहेन ।”

Advertisment Advertisment Advertisment

यसो भनिरहँदा डा. यादव निकै भावुक भएका थिए । उनेले भने, “हरिखेतान क्याम्पसमा अध्ययन र अध्यापन गरेका धेरैलै निजी कलेज खोलेर पैसा कमाए । चाहेको भए म पनि निजी क्याम्पस खोलेर बस्न सक्थेँ । तर, हरिखेतान क्याम्पसलाई नै उचाईमा पु¥याउनका लागि लागि रहेँ । आज म माथि यस्तो अपमान भयो ।” प्रशासकको जिम्मेवारीबाट आफू मुक्त नभएको र काममा क्रियाशिल बताउदै हरिखेतानको अहिलेको अवस्थाप्रति नजर राख्न समेत पर्साको नागरिक समाजलाई उनले अपिल गरेका छन् ।

यसैबीच डाक्टर यादवले क्याम्पसमै पत्रकार सम्मेलन गरेपछि नवनियुक्त निमित्त क्याम्पस प्रमुख किशोरी रायले प्रेस विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका छन् ।

भाषा र शैली समेत नमिलेको विज्ञप्ति जारी गर्दै रायले विधान अनुरुप नै सञ्चालक समितिले अनिवार्य अवकाश दिएपनि समितिको निर्णयलाई बेवास्ता गरी अवकाश पाएका डाक्टर यादव क्याम्पसमा आएर वातावरण प्रतिकूल असर पर्ने गरी बैठक बोलाउने क्याम्पसमा छुट्टी गर्न आफ्नो मान्छेलाई घण्टी बजाउन लगाई विधिको शासन स्थापित मूल्य र मान्यता विपरित काम गरेको जनाएको छ ।

सामुदायिक क्याम्पसमा आफूखुशी गर्दै आएको र सञ्चालक समितिको निर्णयले रोक लगाएपछि विभिन्न कामहरु गर्दै आएकोले भोलीका दिनमा क्याम्पस प्रशासन र व्यावस्थापनमा अझ कठिन हुन जाने भन्दै सरकोरावालको ध्यानाकर्षण समेत गराएका छन् । यद्यपि नवनियुक्त नि.क्याम्पस प्रमुखले जारी गरेको विज्ञप्तिको भाषा र शैली समेन मिलेको छैन । विज्ञप्तिमा पत्र संख्या समेत उल्लेख गरिएको छैन ।

नवनियुक्त निमित्त प्रमुखमाथि पनि कानूनी प्रश्न
डा.भगवान प्रसाद यादवलाई अवकास दिने सञ्चालक समिति नै अवैधानिक रहेको भनिएको छ । ०७५ सालमा चयन भएको समितिको म्याद तीन वर्षको रहेकोमा त्यसपछि ०७९ मा भएको क्याम्पस सभाले जोखन दास थारुको अध्यक्षतामा नयाँ सभा गठन गरेको छ । प्रेम प्रकाश खेतानले अनाधिकृत रुपमा क्याम्पस सभाको अध्यक्ष भएको दावी गरेका छन् ।

तर, हरि खेतान बहुमुखी क्याम्पस २०३८ सालमा स्थापित सामुदायिक क्याम्पस त्रिभुवन विश्वविद्यालयले २०४८ सालको विधानलाई संशोधित गरी त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट पारित भई त्रिभुवन विश्वविद्यालयकै योजना निर्देशनालयबाट प्रमाणित भई २०७९ ज्येष्ठ २३ गते देखि लागु भएको जनाएको छ ।

उक्त विधान अनुरूप लामो समयदेखि कार्यरत डा. भगवान प्रसाद यादवलाई उमेरको हदलाई दृष्टि गरी २०८०/०९/०१ गते बसेको सञ्चालक समितिको बैठकबाट अवकाश दिइ त्यही क्याम्पसमा कार्यरत प्राध्यापक किशोरी रायलाई निमित्त क्याम्पस प्रमुख बनाइएको उल्लेख गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० र (२०७७।६।१६ सम्मको संशोधन सहित) को परिच्छेद ७ को अवकाश, उपदान र निवृत्तिभरणको दफा ५० को उपदफा १ मा शिक्षक तथा कर्मचारीलाई निजको उमेर ६३ बर्ष पूरा भएपछि विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश दिईने उल्लेख गरेको छ ।

उपदफा २ मा कर्मचारीको हकमा प्रशासक पदमा पाँचबर्ष सेवा गरिसकेपछि अनिवार्य अवकाश दिईनेछ । तर, कार्यकारी परिषदले निजको सेवा विश्वविद्यालयले आवश्यक छ भने महशुस गरेमा एक पटकलाई बढीमा दुईबर्षसम्म सेवा अवधि थप गर्न सक्नेछ भनेर उल्लेख गरिएको छ ।

यी आधारले पनि डा.यादव सेवा सम्बन्धि नियम विपरित कार्यरत रहेको देखिएको छ । उनले उमेर हद कटेका धेरै प्राज्ञिक व्यक्तिहरु विश्वविद्यालयमा अझै कार्यरत रहेको दावी गरेका छन् । सञ्चालक समितिले भने त्रिभुवन विश्वविद्यालयको विधान अनुसार अवकाश दिईएको दावी गरेको छ ।

तर, सञ्चालक समिति नै अवैधानिक रहेको र सञ्चालक समितिले जिम्मेवारी दिएको निमित्त क्याम्पस प्रमुखमाथि पनि कानूनी प्रश्न उठेको छ । आंगिक क्याम्पसमा कार्यरत कुनैपनि शिक्षकले निजी वा सामुदायिक क्याम्पसमा काम गर्नको लागि अर्को शिफ्टमा काम गर्ने गरी विश्वविद्यालयबाट अुनमति लिनुपर्ने हुन्छ ।

तर, कार्यकारी पदमा काम गर्न पाईदैन । कार्यकारी पदमा काम गर्नका लागि भने राजिनामा नै दिनुपर्ने हुन्छ । हरिखेतान बहुमुखी क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी पाएका राय त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा हालसालै करारमा नियुक्त शिक्षक हुन् ।

Previous Post

सनलाईट इएसएसको ‘इलिभेट एण्ड एलेभेन्थ्स’ सम्पन्न

Next Post

द्विदेशीय व्यापार साझेदारका लागि शिखर सम्मेलन वीरगन्जमा सम्पन्न

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In