वीरगन्ज । सरकारले आज शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद जाबेर अल सबाको निधनमा आज शोक मनाउने भएको हो । कुवेतका अमिर शेख अल सबाको मंसिर ३० गते ८६ बर्षको उमेरमा निधन भएको थियो ।
उहाँको निधनप्रति गृहमन्त्रालयले एक शोक वक्तव्य जारी गर्दै नेपाल र नेपाली जनताको तर्फबाट कुवेती जनता र स्वर्गीय अमिरको परिजानप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै उहाँको सम्मानमा पुष २ गते सोमबार शोक मनाउने भएको हो ।
उहाँको शोकमा आज देशभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारको पुष १ गते बसेको मन्त्री परिषदले निर्णय गरेको छ ।