• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

भन्सार मूल्यांकन वृद्धिले ३५ कण्टेनर भन्दा बढी लाईटर सुक्खाबन्दरगाहमै थन्कियो

व्यावसायी भन्छन्, भन्सार विभागले ज्यादति गर्‍यो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर २८, बिहीबार ०७:४५ गते
भन्सार मूल्यांकन वृद्धिले ३५ कण्टेनर भन्दा बढी लाईटर सुक्खाबन्दरगाहमै थन्कियो
6
SHARES
69
VIEWS

वीरगन्ज । आयातमुखी अथतन्त्र भएको देशमा आयातित वस्तुहरुमा पनि अस्वाभाविक भन्सार मूल्यांकन वृद्धि गरेपछि अहिले आयातकर्ताहरुलाई भने समस्या भएको छ ।

नेपाली आयातकर्ताहरुले तेस्रो मुलुकबाट आयात गरेको ग्यास लाईटरको वास्तविक मूल्यभन्दा भंसार प्रशासनबाट अत्यधिक बढी मूल्यांकन हुने गरेका कारण आयातकर्ताहरु मर्कामा परेको गुनासो गरेका छन् । भंसारले ग्यास लाईटरको मूल्यांकन अस्वभाविक रुपमा बढाएको कारण आयातकर्ताहरुले जाँचपास गराउन नसकी ग्यास लाईटरहरु भंसार यार्डमै अनलोड गर्नु परेको बताएका छन् ।

ADVERTISEMENT

भंसार मूल्यांकनकै कारणले आयातमा असहज हुने गरेको र यसलाई पारदर्शी बनाउनु पर्ने माग सहित वीरगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा नै सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएपनि भंसार मूल्यांकनलाई लिएर दिनहुँ विभिन्न समस्याहरु सिर्जना भइरहेको जनाएको छ ।

आयातकर्ताहरुले तेस्रो मुलुकबाट आयात गरेको ग्यास लाईटर ९ज्क् ऋयमभ ल्य। ढटज्ञघ।ण्ण्।ण्ण्० को जाँचपासका सम्बन्धमा भंसार कार्यालयहरुले उक्त वस्तुको हालको अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यलाई मान्यता नदिई आपूmखुशी भंसार मूल्यांकन कायम गर्नाले आयातकर्ता हतोत्साहीत हुन पुगेको व्यावसायीहरुको भनाइृ छ ।

यस अघि तेश्रो मुलुकबाट आयात भएका ग्यास लाईटरको भंसार मूल्यांकन दर ४० यु.एस. डलर प्रति कार्टुनमा पास हुँदै आएकोमा अहिले आएर सुख्खा बन्दरगाह भंसार कार्यालयले उक्त ग्यास लाईटरको भंसार मूल्यांकनमा २० यु.एस. डलर थपेर प्रति कार्टुन ६० यु.एस. डलर भंसार मूल्याङ्कन गरेकोमा आयात भएका सबै माल सुख्खा बन्दरगाह भंसार कार्यालयमा थन्किएका छन् ।

मुलुकमा देखिएको आर्थिक संकटको प्रभावले उद्योग, व्यापार, आयात, निर्यात लगायत समग्र व्यावसायिक क्रियाकलाप खस्किदो अवस्थामा रहेको बेला व्यावसायिक गतिविधिलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्नेतर्फ राज्य संयन्त्रको भूमिका केन्द्रित हुनुपर्नेमा त्यसको विपरीत आयातमा गरिएको अव्यवहारिक नियन्त्रणले ठूलो समस्या सिर्जना गरेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

तेश्रो मुलुकबाट आयात गरेको ग्यास लाईटरको भन्सार मूल्यांकन अस्वभाविक रुपमा वृद्धि गरेपछि आयातकर्ताहरु मार परेपछि उनीहरुले वीरगन्ज उद्योग वाणिज्य संघलाई पहल गरिदिन लिखित रुपमा नै आग्र गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताए ।

नेपाली आयातकर्ताहरुले एक डेढ महिना पहिले एलसी (प्रतीतपत्र) खोलेर मगाएको मूल्यमा पनि मूल्यांकन बढाएर पास गर्नुपर्ने भन्सारले व्यापारीलाई दबाव दिईरहेको संघका अध्यक्ष अग्रवालले बताए । विदेशबाट आयातित लाईटर छिमेकी देशमा चोरी निकासी हुने गरेको भन्ने औचित्यहीन तर्क अघि सारेर भन्सार विभागले भन्सार मूल्यांकन डेढी बढाएको आयातकर्ताहरुको भनाई छ ।

भन्सार चीनबाट आयात गरिएको सामानमा अवरोध गर्नमा भारतीय सरकारको पनि दबाव रहेको आयातकर्ताहरुले नै शंका गरेका छन् ।
आयातकर्ता ओमप्रकाश मोर भन्छन्, ‘भारतले नेपालबाट अवैध रुपमा भारतमा सामान पैठारी हुने गरेको भन्दै नेपाल सरकारलाई नै रोक्न दबाव दिने गरेको छ ।

Advertisment Advertisment Advertisment

तर, भारतबाट भने तेश्रो मुलुकबाट आयात गरिएका काजु, छोकडा, मरिच, केराउ लगायतका नेपालले आयातमा रोक लगाएका सामानहरु तस्करी भईरहेको छ । त्यसमा भारतले किन रोक्न सक्दैन ? यस विषयमा नेपाल सरकारले पनि भारतलाई भन्न सक्नुपर्छ ।’

राज्यले आयातमा प्रतिबन्ध लगाएपछि यसभन्दा अघि नेपालमा आयात हुदै आएको केराउ, मरिच र सुपारी लगायतका खाद्यवस्तुहरु छिमेकी मुलुकहरुमा चोरी निकासी पैठारी भइरहेको शंकाकै भरमा ति वस्तुहरुको आयातमा रोक लगाएको छ । तर, ति प्रतिबन्धित वस्तुहरु अहिले नेपालमा छ्यापछ्याप्ती पाईरहेको छ । यो अवैधरुपमा पैठारी हुने गरेको छ ।

आर्थिक मन्दीका कारणले नै भंसार राजस्व संकलनमा कमी आइरहेको सरकारी अधिकारीहरुको भनाई आएपनि यसलाई सूक्ष्म रुपमा विश्लेषण गरी छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय बजारबाट आयातित मालवस्तुहरु अवैधबाटोबाट आउने गरेकोले राजस्व झन घटेको व्यावसायीहरुको दावी छ ।

उनीहरुले कुन कुन वस्तुहरु औपचारिक माध्यमबाट र कुन कुन वस्तु अनौपचारिक माध्यमबाट आइरहेका छन् त्यसलाई अध्ययन गरेर अनौपचारिक माध्यमबाट आइरहेका वस्तुहरुलाई पहिचान गरेर औपचारिक माध्यमबाट ल्याउने नीति लागु गर्न सकिएमा भंसार राजस्वमा वृद्धि हुने प्रशस्त आधारहरु रहेको जिकिर व्यावसायीको छ ।

कुनै पनि वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य थाहा पाउन सकिने प्रशस्त आधार हुँदाहुँदै पनि भंसार सन्दर्भ पुस्तिकालाई आधार बनाएर मूल्यांकन गर्ने परिपाटीले नेपालको आयात खस्किनुको साथै राजस्वमा पनि कमी आएको व्यावसायीहरुको तर्क छ । भंसार मूल्यांकन बढाउने निर्णय भएको मितिदेखि पहिले खोलिएका एल.सी. तथा बाटोमा आई सकेका सामानको हकमा पूर्व मूल्यांकन अनुसारको भंसार मूल्यांकन नै कायम गरी भंसार जाँचपासको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले राज्यले राजस्व बढाउने नीति अनुसार भन्सारको मूल्यांकन गर्नुपर्ने बताए । उनले भने, ‘भन्सारको चासो जस्तै हाम्रो पनि राजस्व बढोस् वैधबाटोबाट कारोबार सहज होस भन्ने हो । नेपालमा खपत भईरहेका सामानहरुको कोटामा आयात गर्ने व्यावस्था होस । भारतले समय समयमा मूल्यांकन पुनरवालोकन गर्ने गरेको छ । तर, नेपालमा पटक पटक भन्दा पनि सुनिदैन । यसमा सुधार हुनुपर्छ ।’

भन्सार विभागले भने सबै भन्सार विन्दुहरुमा सन्दर्भ मूल्यांकनलाई एकरुपता ल्याउनका लागि पत्राचार गरिएको जनाएको छ । भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘भन्सार कार्यालयहरुमा सन्दर्भमूल्यसूचीको सन्दर्भमा एकरुपता कायम गर्नका लाग मात्रै पत्रचार गरिएको हो अन्य केही परिवर्तन गरिएको छैन । बाँकी विषयमा भन्सार कार्यालयहरुमा नै आयातकर्ताहरुले गएर बुझ्न सक्नुहुन्छ ।’

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले पनि भन्सार मूल्यांकनमा केही अद्यावधिक मात्रै गरिएको बताए । विभागले भने अनुसार डाटावेसलाई केही अद्यावधिक मात्रै गरिएको बताउदै सन्दर्भ मूल्यांकनमा चित्त नबुझे आयातकर्ताहरुले पुर्नमूल्यांकन समितिमा जानसक्ने कानूनी बाटो रहेको बताए ।

Previous Post

ड्राईपाेर्टमा १३ कण्टेनर छाेकडा सडेकाे फेला प-यो, सूचना दिन आनाकानी

Next Post

संघर्षले उद्यमी बनेका हरि पन्त  

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In