• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वैदेशिक रोजगारीमा जाने ९ प्रतिशत कम

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर २७, बुधबार ०९:४० गते
वैदेशिक रोजगारीमा जाने ९ प्रतिशत कम
1
SHARES
8
VIEWS

काठमाडौं । आर्थिक मन्दी, मागपत्र प्रमाणीकरण, सेवा शुल्कलगायतका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न थालेको छ । कोभिड संक्रमणपछिको दुई वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च दरले बढेको थियो । पछिल्लो समय भने यो संख्या घट्न थालेको हो ।

मेनपावर व्यवसायीहरुका अनुसार विदेश जाँदा पूरा गर्नुपर्ने विभिन्न प्रक्रियामा देखिएको कानुनी झन्झटले विदेशबाट आउने माग समेत घटेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले अन्य श्रमिक निर्यात गर्ने छिमेकी देशको तुलनामा नेपालबाट वैदेशिक रोजगारीमा जान कानुनी प्रक्रिया झन्झटिलो रहेका कारण नेपालबाट विदेश जानेको संख्या बढ्न नसकेको बताए । कोभिडका कारण विदेश जान नपाएका नेपाली दुई वर्षमा धेरै गएका कारण अहिले घटेको देखिएको उनले बताए ।

ADVERTISEMENT

नेपालबाट माग गरिएका कामदारको प्रक्रिया ढिलो हुने र अन्य देशबाट जाने कामदारको प्रक्रिया छिटोछरितो भएका कारण नेपालले मलेसिया र खाडी देशको माग भनेअनुसार ल्याउन नसकेको व्यवसायीको भनाइ छ । नेपालको प्रतिस्पर्धी श्रमिक स्रोत देश भारत, श्रीलंका, फिलिपिन्स, बंगलादेश, पाकिस्तानलगायत मुलुकमा भने माग आइरहेको संघका महासचिव भुर्तेलले जानकारी दिए । हाल वार्षिक रुपमा नेपालको श्रम बजारमा आउने ५ लाखमध्ये ४ लाख वैदेशिक रोजगारी र बाँकी १ लाख श्रमयोग्य जनशक्ति स्वदेशको सरकारी तथा निजी क्षेत्रमा रोजगाररत रहेको संघको भनाइ छ । वैदेशिक रोजगार विभागको विगत ३ वर्षको तथ्यांकअनुसार वार्षिक ५ लाख २३ हजार नेपाली श्रमस्वीकृति लिएर विदेश गएको देखिन्छ । विदेश जाने नेपाली युवाको संख्यालाई विश्लेषण गर्दा नेपालको श्रम बजारमा आउने श्रमयोग्य जनशक्ति ६ लाख ५० हजारभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकले पनि व्यवसायीको भनाइलाई पुष्टि गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या २ लाख ५५ हजार ६७९ रहेकोमा चालु आर्थिक वर्षको कात्तिकसम्म यो संख्या २ लाख ३३ हजारमा सीमित हुन पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या लगभग ९ प्रतिशतले घटेर १ लाख ३३ हजारमा सीमित भएको छ । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि रोजगारीका लागि जानेको संख्या घटेको हो ।

वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका थिए । यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो । तर, यो संख्या चालु आवमा भने औसत ५८ हजारमा सीमित भएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यलयले यो वर्षको साउन, भदौ र असोजको तुलनामा कात्तिकमा विदेश जान श्रमस्वीकृति लिनेको संख्या अझ घटेको जनाएको छ ।

मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको विभागको भनाइ छ । गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालीको वैदेशिक रोजगारीमा परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया गएका कारण संख्या वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको छ । कोरोना कालको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि २ वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गरेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्रको अभिमूखीकरण सम्पन्न

Next Post

मधेसमा सबैभन्दा धेरै साढे २१ हजार भन्दा धेरै अनुचित लेनदेन(मिटरब्याज) मुद्दा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In