वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुखपक्षका समर्थतकबीच भएको विवाद कार्यपालिका बैठकबाट समाधान गर्ने भएको छ । बीरगंज महानगरपालिकामा महानगरप्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षका समर्थकवीचमा हानाहान हुँदा दिनभर महानगर तनावग्रस्त बनेको छ ।
महानगर प्रमुख राजेशमान सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथि नयाँ कोठमा भनेपछि त्यसलाई प्रमुखको कार्यकक्ष बनाएको र पहिले बस्दै आएको कार्यकक्षलाई भने प्रमुख प्रशासकीय अधिकृतको लागि प्रयोग गर्ने र यसअघि प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई भने पञ्जिकरण शाखा राख्ने योजनामा महागनर प्रमुख रहनुभएको थियो ।
त्यही नजिकै उपप्रमुख इम्तियाज आलमको पनि कार्यकक्ष रहेकोले उपप्रमुखले भने आफूलाई कार्यकक्ष विस्तार गर्नुपर्ने अथवा सचिवालय राख्ने तयारी गरेपछि विवाद भएको हो । विवाद चुलिएपछि दुवैपक्षबीच हानाहान हुँदा महानगरपालिकामा प्रहरी परिचालन गर्नुपरेको थियो ।
कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा तल्चा लगाएपछि विवाद बढेको हो । प्रमुख र उपप्रमुखबीचको विवादले कर्मचारीहरुमा भय सृजना भएको छ ।
प्रमुख र उपप्रमुख हानाहान भएपछि भय सृजना भएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने खासै डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘कार्यालय व्यावस्थापन गर्ने विषयमा सामान्य विवाद भएको हो । ठूलो विवादको विषय पनि होईन । अवस्था सामान्य नै छ ।’
उनका अनुसार विवाद टुंगो लगाउन मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको छ । कार्यपालिका बैठकबाट नै विवादको समाधान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
प्रमुख प्रशासकीय अधिकृतले छोडेको कोठामा लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि थप घटना हुन नदिन प्रहरी परिचालन गरिएको छ ।
पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाको कमाण्डमा महानगर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार महानगरको अवस्था सामान्य रहेपनि दुवैपक्षबीच वार्ता भने हुन सकेको छैन ।