• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश विकासका केही आधार : कृषि र पर्यटन मुख्य सम्भाव्य क्षेत्र

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर २२, शुक्रबार १८:१७ गते
मधेश विकासका केही आधार : कृषि र पर्यटन मुख्य सम्भाव्य क्षेत्र
1
SHARES
14
VIEWS

मधेश भूगोलका आधारमा सानो प्रदेश भएर पनि जनसंख्या र आर्थिक अवसरमा अगाडि रहेको प्रदेश हो । तर, मानव विकासको कमजोर सूचकदेखि गरिबी, अशिक्षाजस्ता कुराहरूले यो प्रदेशलाई चुनौती दिइरहेको छ । देशमा संघीयता कार्यान्वयनमा आइसकेपछि गाउँगाउँमा सिंहदरबारको नारासहित प्रदेश र स्थानीय सरकारले आआफ्नो काम गरिरहेका छन् । संघीय व्यवस्था उन्नत प्रणाली हो भन्नेमा विवाद नभए पनि यसको सञ्चालन र स्रोत व्यवस्थापनमा विरोधाभासहरूको कमी छैन । यस्ता विरोधाभासहरूको उपचार भनेको प्रदेशलाई समृद्ध बनाउनु नै हो । अवसर भएर पनि उपयोगमा पछाडि परेको मधेशको समृद्धि कसरी गर्ने रु यसका खास आधारहरू केके छन् रु यो आलेखको मूल उद्देश्य यसैमा केन्द्रित रहेको छ ।

मधेशका आठै जिल्ला भारतको अधिक जनसंख्या भएको बिहार राज्यसँग जोडिएका छन् । भारतकै उत्तर प्रदेश र पश्चिम बंगाल राज्यसँग पनि सहज आवागमन भएकाले यी भारतीय राज्य हाम्रा लागि बजारका सम्भावना पनि हुन् । यसको लाभ मधेशले प्रत्यक्ष रूपमा लिन सक्छ । भारतसँगको खुला सिमाना र भौगोलिक सुगमता मधेशमा कृषि र पर्यटन समृद्धिको आधार बन्न सक्दछ । बाहिरबाट कच्चा पदार्थ ल्याएर यहाँ उत्पादन गर्ने प्रकृतिका उद्योग करीब करीब असफल भइसकेको सन्दर्भमा अब मधेशको समृद्धिको आधार नै कृषि र पर्यटन हुने देखिन्छ । अतस् देशकै आपूर्तिको मुहानको रूपमा रहेको मधेशको यो सम्भावना देशकै अर्थतन्त्र उन्नतिको प्रस्थानबिन्दु बन्न सक्दछ भन्ने कुरा निश्चित छ ।

ADVERTISEMENT

अब यसको उपयोग कसरी गर्ने त रु पहिला कृषिको सम्भावनामा विमर्श गरांै । मधेश क्षेत्र कृषिका लागि महत्त्वपूर्ण छ । कुल खेतीयोग्य जग्गामध्ये २० प्रतिशत उर्वरभूमि मधेशमै छ । अहिले हचुवा पारामा कृषिकर्म हुँदा पनि मधेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान औसतभन्दा बढी छ । देशको अर्थतन्त्रमा कृषिको योगदान २५ प्रतिशत हुँदा मधेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशतको हाराहारीमा छ । यो तथ्यांकमात्र पनि मधेशमा कृषिको सम्भाव्यता कति छ भनेर बुझ्न पर्याप्त हुन सक्दछ । तर, यहाँ कस्तो उत्पादनलाई अघि बढाउने रु यो रणनीतिक महत्त्वको कुरा हो । त्यसका लागि विज्ञहरूबीच प्रशस्त छलफल र बहस जरुरी देखिन्छ ।

भारतसँग खुला सिमाना र सहज आवागमन जोडिएकाले भारतमा सस्तो लागतमा उत्पादन हुने खाद्यान्न यहाँ खेती गर्नुका खासै अर्थ रहँदैन । त्यसले लाभ दिन सक्दैन । जस्तै, अहिले मधेशमा धान उत्पादन हुन्छ । तर, भारतबाट सस्तो धान भित्रिँदा यताका किसानलाई समस्या हुने गरेको छ । र, भारतबाट धान आएन भने यहाँका चामल उद्योगलाई समस्या हुन्छ । हामीले आन्तरिक उत्पादन पर्याप्त गर्न नसक्ने, गरेको उत्पादन पनि महँगो हुने र सीमापारिबाट सस्तो उत्पादन आउने हो भने उत्पादनको अर्थ छैन । भारतले रोक लगाएको अवस्थामा पनि अवैध माध्यमबाट धानचामल भित्रिइरहेको हुन्छ । यदि, हामीले सस्तो लागतमा धान उत्पादन गर्न सक्दैनौं भने त्यसलाई छोड्दा लाभदायी हुन्छ । यसको विकल्पमा जुनमा बढी लाभ हुन्छ त्यसतर्फ लाग्नु तर्कसंगत हुन्छ । कि त समयमा मल, बीउ, सिञ्चाइको उपलब्धताको माध्यमबाट प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्नुपर्‍यो, होइन भने तुलनात्मक लाभको खेतीमा जानु पर्दछ । अन्यथा कहिले उत्पादन निबकेर समस्या हुने त कहिले मूल्य नपाइने समस्या रहिरहन्छ ।

यहाँ सम्भावना भएका उखु, मकै, तोरी, सुर्ती, मत्स्यपालन, पोल्ट्री जे भए पनि प्रतिस्पर्धी मूल्य प्राथमिक शर्त हो । यस्तो उत्पादनको उत्पादकत्व बढाएर औद्योगिकीकरणमा जोड्न सक्दा मूल्यअभिवृद्धिमा योगदान पुग्दछ । यस्ता उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्नु पर्दछ । यसबाट पर्याप्त रोजगारी सृजना हुन सक्दछ । मधेश प्रदेश जनसंख्या बढी भएको र बेरोजगारी दर पनि तुलनात्मक बढी भएको प्रदेश हो । देशको औसत पूर्णबेरोजगारी ११ प्रतिशत हुँदा मधेशमा यो २० प्रतिशत छ । यसको अर्थ, यहाँ जनशक्तिको कमी छैन । वैदेशिक रोजगारीमा जाने संख्यामा पनि मधेश सबैभन्दा अगाडि छ । यो जनशक्ति मधेशको विकासका लागि आवश्यक पूर्वाशर्त हो । यसलाई कृषिको व्यवसायीकरणमा लगाउन सकिन्छ । यो आजको भोलि हुने कुरा पनि होइन । यसका लागि कृषिलाई व्यवसाय मान्ने जनशक्ति यसमा लाग्नुपर्छ ।

कुल खेतीयोग्य जग्गामध्ये २० प्रतिशत उर्वरभूमि मधेशमै छ । अहिले हचुवा पारामा कृषिकर्म हुँदा पनि मधेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान औसतभन्दा बढी छ । देशको अर्थतन्त्रमा कृषिको योगदान २५ प्रतिशत हुँदा मधेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशतको हाराहारीमा छ ।

कृषिलाई व्यावसायिक बनाउनु परको कुरा, अहिले त कृषि निर्वाहमुखी पनि छैन । कृषिप्रधान अर्थतन्त्र भनिन्छ, तर वर्षेनि ३ खर्बभन्दा बढीको त खाद्यान्नमात्रै आयात हुन्छ । कृषिमा प्रत्येकजसो देशले अनुदान दिएर उत्पादन सस्तो बनाएका छन् । हामीकहाँ भने कृषिका लागि अनुदान लगायत सीमित सहुलियत दिइएको छ, दुर्भाग्य त्यसको दुरुपयोग भएको छ । ठालूहरूले खेतीकिसानी नै नगरी यसको फाइदा उठाइरहेको अवस्था छ । अनि वास्तविक किसानले भने यस्तो अनुदान पाउन नसकिरहेको अवस्था पनि छ । यसमा कडा निगरानी र कारबाही हुने हो भने लक्षित तहमा अनुदान पुग्न सक्छ । यसको उद्देश्य पनि पूरा हुन्छ । हामीले तुलनात्मक लाभका कृषि उपज प्रतिस्पर्धी मूल्यमा तयार गर्न सक्यौं भने भारतीय बजारमा निर्यात पनि गर्न सकिन्छ । केही समयअघि चोरबाटोबाट समेत भारतमा गोलभेडा निर्यात भएको कुराले यसलाई पुष्टि गर्छ ।

पर्यटन मधेशको समृद्धिको अर्को आयाम बन्न सक्दछ । तर, संघ र प्रदेश दुवै सरकारले मधेशका पर्यटनको सम्भावना उपभोगलाई प्राथमिकतामा राखेको देखिँदैन । नेपालको पर्यटन हिमाल र पहाडमा बढी केन्द्रित भएको हुँदा मधेश पर्यटनको प्राथमिकतामा नपरेको हुन सक्छ तर यसको सम्भावना भने नभएको होइन । मधेश सरकारको दृष्टिमा पर्यटन भनेको तालतलैया र धार्मिक स्थलहरूको शृंगारपटारमात्र हो कि जस्तो नीति र कार्यक्रमहरूबाट झल्किन्छ ।

मधेशमा आउने अधिकांश पर्यटक भारतबाट भित्रिन्छन् । तर, सिमानामा औसत भारतीय पर्यटक दुव्र्यवहारमा परेका गुनासो सुनिन्छ । नेपालमा भारतीय रूपयाँ १०० भन्दा बढीको नोटमा प्रतिबन्ध छ । भारतबाट आउँदा कुनै पर्यटकबाट त्योभन्दा बढी दरका नोट निस्कियो भने त्यो व्यक्ति हिरासतमा पुग्न समय लाग्दैन । सिमानामा न परामर्श छ, न सटहीको सुविधा । त्यसमा पनि २५ हजारभन्दा बढी रकम बोक्न प्रतिबन्ध लगाइएको छ । पर्यटक नेपालमा आउँदा खर्च गर्ने मुडमा आएको हुन्छ । उसले १०० रूपैयाँ दरको नोटमात्र ल्याउन पाउने हो भने नोटको भारी नै बोक्नुपर्ने हुन्छ । यो अव्यावहारिक नियमविरुद्ध व्यवसायीहरूले निकै अघिदेखि आवाज उठाए पनि संघीय सरकारले सुनेको छैन ।

Advertisment Advertisment Advertisment

अर्को, नगद बोक्ने सीमाले भारतीय पर्यटकले गर्ने खर्चमा नियन्त्रण गरिरहेको छ । पर्यटकलाई त बढीभन्दा बढी खर्च गर भनेर सहजीकरण पो गर्नुपर्ने हो । त्यसमाथि अहिले भारतीयलाई लक्षित गरेरै सीमावर्ती क्षेत्रमा क्यासिनो खुलेका छन् । पर्याप्त पैसा बोक्न नपाए यसको के औचित्य भयो रु यस्तोमा एक पटक आएको पर्यटक दोहोर्‍याएर आउन चाहँदैन भने हामीले कस्तो पर्यटकीय आधार बनाइरहेका छौं त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यस्तो विरोधाभासपूर्ण नीतिको समाधान खोज्नु पर्दछ । त्रिभुवन विमानस्थलमा जहाजबाट अवतरण गर्ने गोरो छाला भएकामात्र पर्यटक हुन् भन्ने संकुचित मानसिकताबाट हामी अझै पनि बाहिर आउन सकेका छैनौं ।

नेपालमा आएर बढी खर्च गर्नेमा भारतीय पर्यटक अग्रस्थानमा पर्दछन् । तर भारतीय पर्यटक भनेका चुल्होसमेत बोकेर बाटो बाटोमा पकाउँदै खाँदै हिँड्ने व्यक्तिहरूमात्र हुन् भन्ने सोचाइ धेरै पर्यटन व्यवसायीमा अझै पनि छ । हामीले यो तथ्यलाई बुझेर पर्यटन रणनीति बनाउन ढिला भइसकेको छ । अर्को, मधेशको बाटो भएर पर्यटक अन्य प्रदेशतर्फ जान्छन् । यहाँ पर्यटकलाई किन रोक्न सकिएको छैन रु हामीले मधेशका पर्यटकीय स्थलहरूलाई प्याकेजको रूपमा अघि ल्याउनु पर्दछ । वीरगञ्जको शंकराचार्यद्वार, गहवामाई, घण्टाघर, विन्ध्यवासिनी, पर्सा निकुञ्ज, बाराको गढिमाई, सिम्रौनगढ, धनुषाको जनकपुरधामलगायतका स्थानलाई मात्रै ब्राण्डिङ गर्न सकियो भने पनि मधेशको पर्यटनमा कायापलट हुन सक्दछ । जनकपुरलाई रामायण सर्किटसँग जोड्ने घोषणा भए पनि त्यसलाई मूर्तरूप दिन भइरहेको अलमललाई तत्काल किनारा लगाउनु पर्दछ । यसका लागि प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ । यसमा होटल र पर्यटन व्यवसायीले सरकारलाई सहयोग पुर्‍याउन सक्दछन् । सरकार र निजीक्षेत्रको सहकार्यमा मात्र मधेश समृद्धिको अभियानलाई सफल बनाउन सकिन्छ ।

Previous Post

बजार अनुगमन टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन, म्याद सकिएको वस्तुहरु बरामद

Next Post

बिन्दवासिनी साझेदारी वनको अध्यक्षमा चौरसिया पक्षका रिजवानुल विजयी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In