• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सरकारको स्वीकृति

त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा भारतलाई मनाउन बंगलादेश र नेपालको प्रयास

by
प्रकाशित मिति : २०८० मंसिर २२, शुक्रबार १०:२२ गते
नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सरकारको स्वीकृति
1
SHARES
6
VIEWS

वीरगन्ज । बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव सैद्धान्तिकरूपमा स्वीकृत गरेको ढाका ट्रिब्युनले जनाएको छ।

अर्थमन्त्री एएचएम मुस्ताफा कमलको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाली बिजुलीलाई तिर्नुपर्ने शुल्क भने खुलाइएको थिएन। यसबारे मन्त्रिपरिषद्कै सार्वजनिक खरिदसम्बन्धी समिति ९सीसीजीपी०को बैठकमा छलफल हुनेछ।

ADVERTISEMENT

गत अगस्ट २८ मा ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट बिजुली आयात लगभग निश्चित भएको बताएका थिए। त्यसो त बंगलादेशले जाडो याम सुरु हुनुअघि नै नेपालबाट बिजुली आयात गर्ने योजना बनाएको थियो। त्यसको बदला बंगलादेशले पनि आफ्नो बढी भएको बिजुली नेपाललाई निर्यात गर्ने भनेको थियो। बंगलादेशमा जाडो याममा बिजुलीको माग घट्छ भने नेपालमा बढ्ने गर्छ।

बंगलादेशी सञ्चार माध्यमहरूले जनाएअनुसार, नेपाल, भारत र बंगलादेशबीच राजनीतिक र कर्मचारीस्तरमा लामो छलफलपछि भारतले बंगलादेशलाई आफ्नो प्रसारणलाइन पूर्वाधार प्रयोग गरी नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न दिने सहमति जनाइसकेको छ। यही वर्षको मे १४ र १५ मा बंगलादेशको पतुवाखालीमा बसेको दुई दिने संयुक्त सञ्चालन समिति (जेएससी)   र संयुक्त कार्यसमिति (जेडब्ल्युसी) बैठकबाट नेपालबाट बिजुली आयात सुरु गर्ने निर्णय भएको थियो।

उक्त बैठकअघि नेपाली परराष्ट्रमन्त्री एनपी साउद ढाका पुगेका थिए भने बंगलादेशका सार्वजनिक र निजी क्षेत्रका अधिकारीसँग बैठक राखेका थिए। सो क्रममा उनले नेपालमा ६० हजार मेगावाट नवीकरणीय ऊर्जाको सम्भावना रहेकाले जलविद्युत्मा लगानी गर्न आग्रह गरेका थिए।

समाचारहरूमा जनाइएअनुसार, बंगलादेशले सेवाप्रदायकको रूपमा भारतीय एक कम्पनीका माध्यमबाट नेपालबाट बिजुली आयात गर्ने प्रबन्ध मिलाएको छ। भारतीय प्रसारणलाइनबाट सुरुमा आयात गरी त्यसपछि बंगलादेशलाई बिजुली बिक्री गर्ने विधि तय गरिएको छ।

बिजुली आयातनिर्यातमा बंगलादेश र नेपालले त्रिपक्षीय सहमतिमा जोड दिए पनि भारतले भने द्विपक्षीय सहमतिमा बिजुली निर्यातलाई जोड दिएको छ।

अहिले बंगलादेशले भारतबाट सोही प्रकारको प्रबन्ध मिलाई बिजुली आयात गरिरहेको छ। यसअनुसार उसले भारतीय कम्पनी एनटीपीसी र विद्युत् व्यापार निगम ९एनभीभीएन०सँग बिजुली किनिरहेको छ। यदि ढाका र काठमाडौंबीच बिजुली व्यापार भएमा नेपाल विद्युत् प्राधिकरणले हालको अवस्थामा एनभीभीएन र बीपीडीबीसँग हस्ताक्षर गर्नुपर्नेछ।

४० मेगावाटका अतिरिक्त बंगलादेशले नेपालबाट ५०० मेगावाट जलविद्युत् भारतीय कम्पनी जीएमआरसँग किन्न चाहेको छ। सरकारी अधिकारीहरूले बंगलादेश र नेपाल दुवैले भारतलाई त्रिपक्षीय सम्झौतामा तान्न र तीन देशका बीच उपक्षेत्रीय ऊर्जा व्यापारलाई सहयोग गर्न मनाउने प्रयास गरिरहेका छन्।

Advertisment Advertisment Advertisment

 

Previous Post

इजरायलका मन्त्रीको छोरा गाजा लडाईमा मारिए

Next Post

बजार अनुगमन टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन, म्याद सकिएको वस्तुहरु बरामद

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In