वीरगन्ज । बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध आम जनता पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् । आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष उमेश कुश्वाहाको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा विरोध र्याली जनकपुरको बार विघाबाट सुरु भई जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभाको आयोजना गरी समापन भएको थियो ।