• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जमा मोटरसाईकल चोरीको घटनामा वृद्धि, नियन्त्रणमा पर्सा प्रहरी असफल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार ०९:४१ गते
वीरगन्जमा मोटरसाईकल चोरीको घटनामा वृद्धि, नियन्त्रणमा पर्सा प्रहरी असफल

लिंक रोडमा रहेको नारायणी एफ.एम.अगाडिबाट मोटरसाईकल चोरी गर्दै चोर । तस्वीर सीसीटीभी फुटेज

11
SHARES
118
VIEWS

वीरगन्ज । गएको कार्तिक १८ गते वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफ.एम.अगाडि मुख्य सडकमा पार्किङ गरि राखिएको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल बिहान ८ः३९ बजेको समयमा चोरी भयो । चोरी भएको मोटरसाईकल एफ.एमका सम्पादक निरज पिठाकोटे मगरको हो । उक्त दिन नारायणी एफ.एम.को १८ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । एफ.एमका सबै कर्मचारी कार्यक्रममा व्यस्त रहेको बेलामा चोरी भएको घटना बिहान ११ः३० बजेतिर मात्रै थाहा भयो । तत्काल प्रहरीलाई खबर गरेपछि अपराध अनुसन्धानका प्रहरी कार्मचारीले सीसीटीभी क्यामेराको फुटेज हेरेर गए ।

ADVERTISEMENT

प्रहरीले पनि विशेष अनुसन्धानका लागि प्रहरी खटिएको निरन्तर जानकारी दिई रहेको छ । चोरीको घटना भएको एक महिना भएको छ । तर, अहिलेसम्म उक्त मोटरसाईकल प्रहरीले फेला पार्न सकेको छैन ।

त्यसअघि पनि सञ्चारकर्मी मनोज पटेलको सुपर स्प्लेण्डर मोटरसाईकल घण्टाघरबाटै चोरी भएको थियो । उहाँको मोटरसाईकल पाँच दिनपछि फेला पर्‍यो । त्यहि घटनालाई आधार मानेर प्रहरीले मोटरसाईकल फेला पर्ने आश्वासन दिईरह्यो । प्रहरीसँग निरन्तर सम्पर्कमै रहेपनि प्रहरीले मोटरसाईकल खोजी भईरहेको बाहेक अन्य उपलब्धी दिन सकेको छैन ।

सुजुकी जिक्सर मोटरसाईकल चोरी गर्ने व्यक्तिले रक्सोल लिएर गएको र त्यहाँबाट फेरी मोटरसाईकल मकवानपुरतिर लिएर गएको सूचना प्राप्त भएको भन्नेसम्मको सूचना प्रहरीले दिएको छ । तर, घटनाको एकमहिनामा पनि चोर पत्ता लगाउन सकेको छैन ।

५ दिन अघि मात्रै फेरी अर्का सञ्चारकर्मी कृष्णा श्रीवास्तवको यामाहाको एफजेड मोटरसाईकल घण्टाघरबाटै चोरी भयो । उहाँको मोटरसाईकल चोरी भएको सीसीटीभी क्यामेरामा देखिएको छ । मुख्य सडकबाटै चोरले मोटरसाईकल चढेर गएका छन् । उहाँको पनि अहिलेसम्म मोटरसाईकल फेला पार्न सकेको छैन ।

चोरीको घट्नाको विषयमा प्रहरीको तल्लो तहदेखि जिल्लाका उच्च तहसम्मका सुरक्षा अधिकारीहरुलाई समेत सबै जानकारी छ । तर, खोजी भईरहेको छ भन्ने बाहेकको जवाफ पाईएको छैन ।

अपराध नियन्त्रण र सुरक्षा व्यावस्थालाई सहज बनाउन महानगरपालिका भित्र सीसीटीभी क्यामेरा जडान गरेर त्यसको निगरानी जिल्ला प्रहरी कार्यालबाटै हुने गरेको छ । महानगरपालिकामा वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाको सहयोगमा ८९ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

त्यसमध्य अहिले ६० वटा सीसीटीभी क्यामेर चालू अवस्थामा छन् । तर, अपराधिक घटना हुन सक्ने सम्भावित साना गल्लीहरुमा भने सीसीटीभीको पहुँच छैन । सीसीटीभी जडानमा सहयोग गर्ने दाताहरुले पनि यस्ता सानातिना चोरीका घटनामा खासै चासो र चिन्ता देखाएको पाईएको छैन ।

Advertisment Advertisment Advertisment

ठूलै अपराधको घटना भएमा मात्रै उनीहरुलाई पनि चिन्ता र तनाव हुने होला भन्ने नागरिकले बुझ्न थालेका छन् । राज्यले प्रहरी प्रशासनलाई शान्ति सुरक्षा र अमन चयन कायम राख्ने जिम्मेवारी दिएको छ । अपराध शुन्य समाज हुदैन त्यसैले प्रहरी प्रशासनको आवश्यकता हुन्छ ।

तर, पछिल्लो समयमा पर्सामा मोटरसाईकल चोरीका घटना दिनहुँ बढ्दै जाँदा पनि प्रहरीले त्यसलाई नियन्त्रण गर्न सकिरहेको छैन । सीसीटीभीको निगरानीमा रहेको वीरगन्ज महानगरपालिकाको मुख्य सडकहरुबाटै मोटरसाईकल चोरीका घटनाहरु बढेका छन् । तर, प्रहरीले मोटरसाईकल चोरी गर्नेहरुलाई पक्राउ गरेर कारवाही गर्न सकिरहेको छैन ।

एक महिनाको अन्तरालमा वीरगन्जका मुख्य सडकहरुबाटै मोटरसाईकल चोरी भएका छन् । अपराध नियन्त्रणमा सहयोग हुने सीसीटीभी क्यामेराले पनि चोरी भएको देखिने बाहेक तत्काल चोरलाई चोरी गर्दैगर्दा पक्राउ गर्न सक्ने खालको संयन्त्र जिल्ला प्रहरी कार्यालयमा छैन भन्ने कुरा मुख्य सडकमा भएका मोटरसाईकल चोरीका घटनाले पुष्टि गरेको छ ।

चोरी भएको उजुरी लिएर जानेहरुलाई प्रहरीले ‘अनुहार नै चिनिदैन कसरी समाउने ? अर्को मोटरसाईकल किनिहाल्नु’ भन्ने ओठे जवाफ दिने गरेको पीडितहरु बताउछन् । प्रहरीले दिएको जवाफले चोरी भएको मोटरसाईकल प्रहरीले फेला पार्न नसक्ने देखिएपछि पीडित कृष्णा श्रीवास्तवले समाजिक सञ्जाल मार्फत नै मोटरसाईकल फेला पार्नेलाई ३० हजार रुपैया नगद इनामको समेत घोषणा गर्नुभएको छ ।

सञ्चारकर्मीहरुकै मोटरसाईकल लगातार चोरी हुन थालेपछि नागरिकले थप असुरक्षित महशुस गरेका छन् । चोरीको घटना सामाजिक सञ्जालमा राख्दा पत्रकारको पनि मोटरसाईकल चोरी हुनथालेपछि आम नागरिकको के सुरक्षित रहलाँ भन्ने प्रश्नहरु गरेका छन् । कतिपयले प्रहरीसँगको मिलेमतो नभई यस्तो हुन नसक्ने समेत दावी गरेका छन् ।

Tags: मुख्य-खबर
Previous Post

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यसँग प्रेस सेण्टर नेपाल पर्साद्वारा छलफल

Next Post

सन्चारमन्त्रीद्वारा भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सहयोग हस्तान्तरण

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In