वीरगन्ज । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा आईसीटी फोरम गठन गरिएको छ । पार्टीको गतिविधि र पार्टीले लिएको नीतिलाई जनस्तरसम्म पुर्याउनका लागि पार्टीले प्रचार तथा प्रकाशन विभाग र आईसीटी फोरम गठन गर्ने निर्ण अनुसार मधेस प्रदेशमा पनि आईसीटी फोरम गठन गरेको हो ।
सर्लाहीको बागमती नगरपालिकामा आज भएको भेलाले भूपेन्द्र यादवको संयोजकत्वमा १६ सदस्यीय आईसीटी फोरम मधेस प्रदेश गठन गरिएको छ ।
समितिमा शिवनाथ यादव (पर्सा), अशेष ढुंगाना, राकेश चौधरी (बारा), रुपेश यादव र चेत बोलखे (रौतहट), सर्मिला रमौली, सलिना मगर, राजेश थापा, एस टेक र नविन यादव (सर्लाही), सुनिता बराल (महोत्तरी) लाई सदस्यमा चयन गरिएको छ । त्यस्तै धनुषाबाट शैलेन्द्र महतो, जयप्रकाश मण्डल, विवेक परियार, आशानन्द यादव (सिराहा), गजेन्द्र यादव र बषन्त यादव सप्तरी सदस्य रहेका छन् ।
भेलाको उदघाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशन विभागका सचिव एवं आईसीटी फोरमका अध्यक्ष गोविन्द आचार्यले पार्टीको काम कारवाही र गतिविधिहरु जनस्तरसम्म पुग्न नसक्दा माओवादीले गरेका राम्रा कामहरूकाे प्रचार प्रसार कम भएकोले पार्टीका सकारात्मक कामहरुलाई जनताको मनमनमा पुग्नेगरी काम गर्न आईसीटी फोरमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी रुपान्तारण अभियानका महोत्तरी संयोजक अच्युतम काफ्ले माओवादी आन्सादाेलनले सामन्तवादलाई समाप्त पारेपनि वर्गीय सामन्तवाद अझै बाँकी रहेकाेले त्यसलाई समाप्त पार्न जरुरी रहेको बताउनुभयो ।
प्रचार तथा प्रकाशन विभागका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका प्रचार तथा प्रकाशन विभाग सदस्यहरुले पार्टीको जिल्लाका नेतृत्व तहले अझै पनि जनवर्गीय संगठनहरुलाई बेवास्ता गर्ने गरेको र पार्टी संगठन भन्दा नेताप्रति बढी केन्द्रीत हुँदा माओवादी झन कमजोर हुदै गएकोले यसमा नेतृत्वले विचार गर्नुपर्ने धारणा राखेका थिए ।