Advertisement
  • Introduction
  • News
  • Tribune News
Tuesday, November 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

छठ महापर्वको राष्ट्रिय विस्तार र मधेशकेन्द्रित राजनीति : आस्था, प्रदर्शन र अधिकारको बहस

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
३० कार्तिक, सोमबार
छठ महापर्वको राष्ट्रिय विस्तार र मधेशकेन्द्रित राजनीति : आस्था, प्रदर्शन र अधिकारको बहस
2
SHARES
24
VIEWS

वीरगन्ज । तराई मधेसमा निकै आस्था र श्रद्धा पूर्वक कठोर ब्रत लिएर मनाईने लोक आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अघ्र्य दिएर सोमबार विधिवत रुपमा सम्पन्न भएको छ । छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व बढ्दै गर्दा यसको राष्ट्रियरुपमा पनि विस्तारसँगै राजनीतिक र सामाजिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ।

कुनै समय मधेश र तराईका विशिष्ट समुदायमा मात्र मुख्य रूपमा सीमित यो पर्व अहिले हिमाल, पहाडदेखि देश–विदेशसम्म फैलिएको छ। यसै सन्दर्भमा राष्ट्रिय राजनीतिमा स्थापित पहाडी मूलका प्रमुख नेताहरू मधेशका घाटहरूमा पुगेर छठ मनाउनु र त्यसप्रति मधेशी बुद्धिजीवी, पूर्वमन्त्री तथा स्थानीय नेताहरूले जनाएको भिन्न दृष्टिकोणले अहिले राजनीतिक तथा सांस्कृतिक बहसलगायत समाचारको रूप लिएको छ।

नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले छठको बढ्दो महिमालाई सम्पूर्ण समाजका लागि गौरवको विषय मान्दै मौलिक परम्परा जोगाउने जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएका छन्। पुस्तौँदेखि छठ मनाउँदै आएका समुदायका व्यक्तिहरू शक्ति र सत्तामा पुगेपछि आफ्नै पहिचान र परम्पराप्रति उदासीन हुनु चिन्ताजनक रहेको उनको ठहर छ।

ADVERTISEMENT

अरूले संस्कृति अपनाउनु स्वागतयोग्य भए पनि आफ्नै समुदायले बिर्सनु घातक हुने भन्दै संस्कृति देखाउनका लागि नभई पुस्तौँसम्म हस्तान्तरण गर्नका लागि जोगाउनुपर्ने दायित्व उनले औँल्याएका छन्।

May be an image of wedding

यसैबीच पूर्वमन्त्री प्रदीप यादवले मधेश राष्ट्रिय चर्चाको केन्द्रमा पर्नु र विभिन्न राजनीतिक दलका नेता तथा तिनका परिवार छठका अवसरमा मधेश झर्नुलाई स्वागतयोग्य कदम भनेका छन्। तर, सँगै उनले गम्भीर विडम्बना उजागर गर्दै मधेशलाई राष्ट्रिय चर्चा वा पर्वका बेला मात्र सम्झिने प्रवृत्तिको अन्त्य हुनुपर्ने जोड दिए। सङ्घीयतालाई मजबुत बनाउने, मधेशलाई अधिकारसम्पन्न गराउने र शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पर्यटनको विकासमा भने नेतृत्व पछि हट्ने गरेको उनको तर्क छ।

जसपा नेपालका नेता अमरेन्द्र यादवले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अपडेट र भाइरल हुनका लागि मात्र गरिने प्रवर्द्धनको साँचो अर्थ नरहने टिप्पणी गरेका छन्। विगतमा काठमाडौँको कमलपोखरीमा छठ पूजा निषेध गरिएको घटना स्मरण गराउँदै उनले नेताहरूलाई आफ्नै भूगोल र निर्वाचन क्षेत्रबाट साँच्चै संस्कृति संरक्षणको थालनी गर्न आग्रह गरेका छन्।

पत्रकार जीवराम भण्डारीले पहाडी मूलका नेताहरू मधेश झरेर धोती-कुर्तामा सजिएको र मधेशी नेताहरूको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा न्यून उपस्थिति देखिएको दृश्यलाई ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने उखानसँग जोड्दै टिप्पणी गरेका छन्। यस्ता दृश्यहरू राजनीतिक हिसाबले हेर्न रमाइलो भए पनि यसले नेपालको राजनीति र सत्ताको केन्द्रमा मधेशको प्रवेशलाई पुनः प्रमाणित गरेको उनको विश्लेषण छ।

यसै पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुर पुगी ऐतिहासिक गंगासागर घाटमा साँझको अर्घ्य अर्पण गर्दै छठ मनाएका छन् । त्यसैगरी सभामुख डिपी अर्यालले वीरगन्जका घाटहरूमा पूजाअर्चना गरेका छन् भने नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही र पर्साका विभिन्न छठ घाटहरूमा पुगेर नागरिकसँग पर्वको खुसी साटेका छन्।

अर्कातर्फ देश र मधेशले वैकल्पिक नेतृत्वका रूपमा आशा गरेका प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुर आउने व्यापक हल्ला चले पनि उनको आगमन हुन नसक्दा स्थानीय नागरिक र विश्लेषकहरूमाझ एक किसिमको कौतुहलता र निराशा बाँकी नै रह्यो। समग्रमा, पहाडी मूलका नेताहरूको मधेश आगमनले सांस्कृतिक सामीप्य र राष्ट्रिय एकताको सकारात्मक सन्देश दिए पनि यो केवल चाडपर्व, धोती–कुर्ता र फोटोसेसनमा मात्र सीमित नभई मधेशको अधिकार, समावेशी समुन्नति र वास्तविक विकासमा रूपान्तरित हुनुपर्ने आवाज जोडदार रूपमा उठेको छ।

यद्यपि धार्मिक आस्था र विश्वासका साथ मनाईने सांस्कृतिक पर्वमा हुने राजनीतिकरणले यसको महत्वलाई घटाउने हो कि भन्न नागरिक समाजमा चिन्ता भने बढेको छ । देशका प्रमुख राजनीतिक दलका नेताहरुको आगमन र संवैधानिक निकायका प्रमुखहरुको आगमनमा धेरै समय कुरेर बस्नुपर्ने अवस्थाले धार्मिक आस्था र विश्वासका साथ मनाईने छठपूजाका ब्रतालुहरुलाई भने असहज भएको गुनासो गरेका छन् ।

Previous Post

साउण्ड बजाउन प्रतिस्पर्धा गर्ने पाँचजना सामान सहित पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

समाचार टिप्पणी
निरज पिठाकोटेनिरज पिठाकोटे