वीरगञ्ज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘जीएसएस मोडेल युनाइटेड नेसन्स (GSS MUN 6.0)’ विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।
१४० जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको छलफल, बहस, अनुसन्धान र कूटनीतिक अभ्यासका आधारमा विजेताहरू छनोट गरिएको हो।
प्रतियोगितामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् (UNHRC) तर्फ एनआईकी उपासना कामती ‘बेस्ट डेलिगेट’ घोषित भइन् भने गुरुकुल एकेडेमीका साद अली अन्सारी ‘आउटस्ट्यान्डिङ डेलिगेट’ बने।
यस्तै, जीएसएसका पियुष अग्रवालले ‘स्पेसल मेन्सन’ र आयशा गुप्ताले ‘अनरेबल मेन्सन’को उपाधि हात पारे। इन्टरनेसनल प्रेस (IP) तर्फ जीएसएसकी नित्या कुमारी ‘बेस्ट रिपोर्टर’, सुगम कुमार गुप्ता ‘आउटस्ट्यान्डिङ रिपोर्टर’ र प्रत्यक्षा आर्या ‘अनरेबल मेन्सन’ घोषित हुँदा डीएभीकी सायशा यादवले ‘बेस्ट आर्टिकल’को पुरस्कार जितिन्।
त्यसैगरी, यूएन वुमन (UNW) विधामा जीएसएसकै वर्चस्व रह्यो, जसमा आयुष झा ‘बेस्ट डेलिगेट’, बिराट बरनवाल ‘आउटस्ट्यान्डिङ डेलिगेट’, श्रेयान्श राज मौर्य ‘स्पेसल मेन्सन’ र पृषा कुशवाहा ‘अनरेबल मेन्सन’ बने।
निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC) तर्फ जीएसएसकी स्वरा झा ‘बेस्ट डेलिगेट’, रोयल एकेडेमीकी रिद्धि भयाउत ‘आउटस्ट्यान्डिङ डेलिगेट’, जीएसएसका रिजन चापागाईं ‘स्पेसल मेन्सन’ र आयुष सर्राफ ‘अनरेबल मेन्सन’ घोषित भए।
फ्युचरिस्टिक संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (FUNSC) तर्फ जीएसएसका अभिराज शाह ‘बेस्ट डेलिगेट’, एनआईका आर्यन गुप्ता ‘आउटस्ट्यान्डिङ डेलिगेट’, सिमरन शाह ‘स्पेसल मेन्सन’ तथा जीएसएसका दिव्यान्शु रौनियार ‘अनरेबल मेन्सन’ बने।
आर्थिक तथा वित्तीय समिति (ECOFIN) अन्तर्गत जीएसएसका आयु चौधरी ‘बेस्ट डेलिगेट’, अंकित कुमार ‘आउटस्ट्यान्डिङ डेलिगेट’, रोयल एकेडेमीकी नलिष्का प्रजापति ‘स्पेसल मेन्सन’ र जीएसएसकी निकिता सर्राफ ‘अनरेबल मेन्सन’ घोषित भए।
कार्यक्रममा उत्कृष्ट पहिरन (बेस्ट कस्ट्युम) तर्फ जीएसएसका यशस्वी श्रेष्ठ र रिजन चापागाईं पुरस्कृत भए भने समग्र प्रदर्शनका आधारमा ‘बेस्ट कमिटी’को उपाधि यूएनएचआरसी (UNHRC) ले जित्न सफल भयो।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच र तार्किक बहस कलाको विकास गर्ने उद्देश्यले आयोजित यस सम्मेलनले भविष्यमा जिम्मेवार नेतृत्वदायी भूमिका निर्वाह गर्न महत्वपूर्ण आधार तयार पारेको विद्यालय परिवारले जनाएको छ।
समापन समारोहमा विद्यालयका प्रधानाध्याक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण, प्रशासन प्रमुख रमेश कुमार शर्मा, इनोभेसन प्रमुख एल्भिन रेञ्जर लगायतले विजेताहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रमको सहजीकरण नियाश्ना श्रेष्ठ र अदिति पिठाकोटेले गरेको जीएसएसएमयुएनका अध्यक्ष तथा विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले जानकारी दिए ।

