• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 9, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मोबाइल, कम्प्युटर र डिजिटल स्क्रिनको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ ?

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २३, शुक्रबार ०६:२९
मोबाइल, कम्प्युटर र डिजिटल स्क्रिनको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ ?
1
SHARES
14
VIEWS

आजको डिजिटल युगमा मोबाइल, कम्प्युटर, ट्याबलेट र टेलिभिजन हाम्रो दैनिक जीवनका अभिन्न हिस्सा बनिसकेका छन्। शिक्षा, कार्यालय, व्यापार, सञ्चारदेखि मनोरञ्जनसम्म डिजिटल स्क्रिनको प्रयोग निरन्तर बढिरहेको छ। प्रविधिले हाम्रो जीवनलाई सहज बनाएको छ, तर यसको लामो र असन्तुलित प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ चुनौती पनि थपिरहेको छ।

विश्व दृष्टि दिवस आँखाको स्वास्थ्यप्रति जनचेतना फैलाउने महत्वपूर्ण अवसर हो। आँखाको समस्या अब उमेरसँग मात्र सम्बन्धित विषय रहेन। बालबालिका, किशोरकिशोरीदेखि वयस्कसम्म डिजिटल जीवनशैलीसँग सम्बन्धित विभिन्न आँखाका समस्या देखिन थालेका छन्।

डिजिटल स्क्रिनले आँखामा कस्तो असर गर्छ ?

ADVERTISEMENT

लामो समय मोबाइल वा कम्प्युटरको स्क्रिन हेर्दा आँखाले लगातार नजिकको दूरीमा फोकस गर्नुपर्छ। स्क्रिन हेर्दा मानिसले सामान्यभन्दा कम पटक झिम्काउने भएकाले आँखाको आँसुको तह अस्थिर हुन सक्छ। यसले आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, रातो हुने वा आँखामा केही परेको जस्तो महसुस हुने समस्या निम्त्याउन सक्छ।

त्यसैगरी, लामो समय स्क्रिन हेरेपछि आँखा थाक्ने, टाउको दुख्ने, अस्थायी रूपमा धमिलो देखिने तथा नजिक र टाढाको वस्तुमा फोकस परिवर्तन गर्न असहज हुने जस्ता समस्या देखिन सक्छन्। यस्ता लक्षणलाई सामान्यतः म्ष्नष्तब िभ्थभ क्तचबष्ल वा ऋयmउगतभच ख्ष्कष्यल क्थलमचयmभ भनिन्छ।

के मोबाइलको स्क्रिनले आँखालाई स्थायी रूपमा बिगार्छ ?

मोबाइल वा कम्प्युटरको स्क्रिन हेर्दैमा आँखामा स्थायी क्षति हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर लामो समय नजिकको काम, अपर्याप्त विश्राम, कम बाहिरी गतिविधि र गलत दृश्य बानी विशेषगरी बालबालिकामा मायोपिया ९टाढाको वस्तु धमिलो देखिने समस्या० को जोखिमसँग सम्बन्धित हुन सक्छन्।

विश्वभर बालबालिका तथा किशोरकिशोरीमा मायोपियाको समस्या बढिरहेको छ। त्यसैले बच्चाले मोबाइल वा ट्याबलेट कति समय प्रयोग गर्छ भन्ने मात्र होइन, उसले दिनभरि कति समय बाहिरी वातावरणमा बिताउँछ र नजिकको कामबाट कति विश्राम लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।

बालबालिकामा विशेष सावधानी आवश्यक

बालबालिकाको आँखाको विकास भइरहेको हुन्छ। मोबाइल गेम, भिडियो वा अन्य नजिकको स्क्रिनमा अनावश्यक रूपमा लामो समय बिताउँदा उनीहरूको दृश्य बानीमा असर पर्न सक्छ।

अभिभावकले बच्चालाई मोबाइलको समय मात्र नियन्त्रण गरेर पुग्दैन। पढाइ, मोबाइल, ट्याबलेट तथा अन्य नजिकको कामबीच पर्याप्त विश्राम दिनुका साथै दैनिक बाहिरी गतिविधि र खेलकुदका लागि समय छुट्याउनु आवश्यक छ।

यदि बच्चाले टाढाको बोर्ड वा टेलिभिजन हेर्दा आँखा चिम्ल्याउने, वस्तुको अत्यन्त नजिक जाने, बारम्बार आँखा मिच्ने, टाउको दुख्ने वा पढाइमा ध्यान दिन कठिन हुने जस्ता लक्षण देखाउँछ भने आँखा परीक्षण गराउनु उचित हुन्छ।

२०–२०–२० नियम अपनाऔँ

डिजिटल स्क्रिन प्रयोग गर्दा आँखालाई विश्राम दिने सरल उपायमध्ये २०–२०–२० नियम पनि एक हो। हरेक २० मिनेटमा कम्तीमा द्दण् फिट टाढाको वस्तुलाई द्दण् सेकेन्डसम्म हेर्ने।

यसले लगातार नजिकको कामबाट आँखालाई केही समय विश्राम दिन मद्दत गर्छ। नियमित रूपमा झिम्किने, स्क्रिनको उज्यालो तथा कन्ट्रास्टलाई सहज स्तरमा राख्ने र आवश्यक परे आँखाका स्वास्थ्यकर्मीसँग परामर्श गर्ने बानी पनि उपयोगी हुन्छ।

स्क्रिनको दूरी र वातावरण पनि महत्वपूर्ण

मोबाइललाई आँखासँग अत्यन्त नजिक राखेर प्रयोग गर्नु हुँदैन। पढ्दा वा कम्प्युटर चलाउँदा पर्याप्त प्रकाश भएको वातावरण हुनुपर्छ र स्क्रिनमा अत्यधिक चमक वा प्रतिबिम्ब नपर्ने व्यवस्था गर्नुपर्छ।

कम्प्युटर प्रयोग गर्दा स्क्रिनलाई उपयुक्त दूरीमा र आँखाको स्तरभन्दा केही तल राख्नु सहज हुन्छ। साथै, लगातार धेरै समय एउटै अवस्थामा बसेर स्क्रिन हेर्नुभन्दा बीच(बीचमा उठेर विश्राम लिनु राम्रो हुन्छ।

आँखाको स्वास्थ्यका लागि स्क्रिन मात्र होइन, जीवनशैली पनि महत्वपूर्ण

आँखाको स्वास्थ्यलाई डिजिटल स्क्रिनको प्रयोगसँग मात्र जोडेर हेर्न मिल्दैन। पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, धूम्रपानबाट टाढा रहनु तथा मधुमेह र उच्च रक्तचापजस्ता अवस्थाको उचित नियन्त्रणले पनि आँखाको स्वास्थ्य जोगाउन मद्दत गर्छ।

विशेषगरी बालबालिकालाई बाहिरी गतिविधिमा सहभागी गराउनु, नजिकको काममा नियमित विश्राम दिनु र आवश्यकता अनुसार आँखा परीक्षण गराउनु दीर्घकालीन दृष्टि स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ।

कहिले आँखा जाँच गराउने ?

आँखा पोल्ने वा थाक्ने समस्या सामान्य जस्तो लागे पनि बारम्बार दोहोरिएमा बेवास्ता गर्नु हुँदैन।

दृष्टि धमिलो हुनु, टाढा वा नजिक हेर्न समस्या हुनु, बारम्बार टाउको दुख्नु, आँखामा दुखाइ हुनु, दोहोरो देखिनु, अत्यधिक रातोपन हुनु वा बच्चाले वस्तु अत्यन्त नजिकबाट हेर्न थाल्नु जस्ता लक्षण देखिएमा आँखा परीक्षण आवश्यक हुन्छ।

बालबालिकामा मायोपिया वा यसको जोखिम पहिचान गर्न उचित आँखा परीक्षणसँगै आवश्यक अवस्थामा अथअयिउभिनष्अ चभाचबअतष्यल र बहष्ब िभिलनतज mभबकगचझभलत जस्ता परीक्षण उपयोगी हुन सक्छन्। समयमै पहिचान भएको मायोपियामा विशेषज्ञको सल्लाहअनुसार विभिन्न व्यवस्थापन विकल्प उपलब्ध छन्।

निष्कर्ष

डिजिटल प्रविधि हाम्रो जीवनबाट हटाउन सम्भव छैन र हटाउनुपर्ने पनि होइन। आवश्यकता “स्क्रिन छोडौँ” होइन, “स्क्रिनलाई सही तरिकाले प्रयोग गरौँ” भन्ने हो।

मोबाइल र कम्प्युटर प्रयोगसँगै आँखालाई पर्याप्त विश्राम दिने, नियमित झिम्किने, उचित दूरी कायम गर्ने, बालबालिकालाई बाहिरी गतिविधिमा प्रोत्साहित गर्ने र आवश्यक समयमा आँखा परीक्षण गराउने बानीले दृष्टि स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

यस विश्व दृष्टि दिवसमा हामी सबैले एउटा संकल्प गरौँ—“प्रविधिको सही प्रयोग गरौँ, आँखालाई पर्याप्त विश्राम दिऔँ र आफ्नो तथा आफ्ना बालबालिकाको दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिऔँ।”

स्वस्थ आँखा, स्पष्ट दृष्टि र उज्ज्वल भविष्य—दृष्टि स्वास्थ्य सबैको अधिकार हो।

Previous Post

प्रशासन र स्थानीयबीच सहमतिपछि ड्राईपोर्टको आन्दोलन स्थगित

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In