• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अग्रगामी मोर्चाको वीरगन्जमा भेला, छठपछि आन्दोलनको तयारीमा रहन आह्वान

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ३, शनिबार १८:३८
अग्रगामी मोर्चाको वीरगन्जमा भेला, छठपछि आन्दोलनको तयारीमा रहन आह्वान
2
SHARES
20
VIEWS

वीरगन्ज। अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका मधेश प्रदेश अध्यक्ष अमिताभ बच्चन दासको अध्यक्षतामा सम्पन्न भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले छठपछि आन्दोलनको तयारीमा रहन आह्वान गरेका छन् ।

विगतका आन्दोलनले संविधानमा केही उपलब्धिहरु प्राप्त भएपनि ती प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सबै जातजाति, वर्ग, समुदाय, क्षेत्रका जनताको अपनत्व महशुस हुनेगरी संविधान संसोधन गर्नुपर्ने भएकोले त्यसको लागि आन्दोलन आवश्यक रहेको बताएका थिए ।

ADVERTISEMENT

उनीहरुले नेपालका सबै क्षेत्र, समुदायका नागरिकको समान हक अधिकारका लागि नै नौदलको अग्रगामी मोर्चा बनेको भन्दै यसलाई नागरिक तहसम्म पु-याउन कार्यकर्ताहरुको लागि भेला तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको र देशका सातवटै प्रदेशमा भेला तथा अभिमुखीकरण सम्पन्न गरेर आन्दोलन तय गर्ने बताए ।

जनमत पार्टीका नेता गजानन्द यादवले सञ्चालन गरेको कार्यक्रममा मोर्चाका शीर्ष नेतृत्व तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं संरक्षकहरूले सम्बोधन गरेका थिए।

कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी तथा बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले सम्बोधन गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीहरु लालबाबु राउत गद्दी, सरोज यादव, जितेन्द्र सोनल लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा पर्सा, बारा, रौतहटलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट ३ हजार ५ सयभन्दा बढी अग्रगामी मोर्चाका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको प्रलोपा मधेस प्रदेश अध्यक्ष अमिताभबच्चन दासले जानकारी दिए ।

समारोहमा बोल्दै शीर्ष नेताहरूले संगठन सुदृढीकरण, राजनीतिक अभिमुखीकरण तथा मोर्चाको आगामी कार्यदिशाका विषयमा आफ्ना धारणा राखेका थिए ।

Previous Post

‘प्याब्सन वाणी प्रतिभा’ प्रतियोगितामा गौतम माध्यमिक विद्यालय प्रथम

Next Post

समाचार टिप्पणी : राजनीतिक जानी दुश्मनहरु एउटै मञ्चमा, मोर्चाको आवश्यकता कि बाध्यता ?

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In