काठमाडौं । प्रतिनिधि सभाको संसदीय समितिमा ग्यास उद्योगीहरू लक्षित विवादास्पद अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा पत्र बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन’ भन्ने गैरजिम्मेवार र आपत्तिजनक भनाइ राखेकी थिइन्। उक्त अभिव्यक्तिपछि निजी क्षेत्र र नेपाल उद्योग वाणिज्य महासंघले तीव्र विरोध तथा गम्भीर आपत्ति जनाउँदै आएका थिए। चौतर्फी आलोचना र दबावपछि उनले पदबाट राजीनामा बुझाएकी हुन्।

