वीरगन्ज । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महत्तोले जिल्ला प्रहरी कार्यालय पर्साको अवलोकन निरीक्षण गरेका छन् ।
पारिवारिक स्वास्थ्य परीक्षणका लागि वीरगन्ज आएका गृह, सञ्चार तथा कानून मन्त्री महतोले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण भ्रमण गरेका हुन् ।
स्वास्थ्य जाँचका लागि निजी कामले आउँदा तालुकदार मन्त्रीलाई जिल्ला प्रहरी कार्यालयको अनुरोधमा आफूले निरीक्षण भ्रमण गरेर कार्यालयको अवस्थाको बारेमा जानकारी लिएको मन्त्री महतोले बताए ।
निरीक्षणका क्रममा मन्त्री महतोलाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले कार्यालयको भौतिक संरचना, हिरासत कक्षा, प्रशानिक कक्ष लगायत कार्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
एसपी भट्टराईले दैनिक कार्यसम्पादन तथा पर्साको शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत मन्त्री महतोलाई जानकारी गराएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
मन्त्री महतोले आफ्नो पदीय जिम्मेवारी र जनसुरक्षाप्रति चासोलाई गम्भीरताका साथ लिने गरेका छन् । पारिवारिक स्वास्थ्य परीक्षणका क्रममा वीरगन्ज आएका मन्त्री महतोले आफ्नो निजी समयलाई समेत सदुपयोग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साको विशेष अवलोकन तथा निरीक्षण गरेका हुन् ।

