वीरगन्ज । नेवा दय दबूः वीरगन्ज महानगर कमिटिले पनि दीप प्रज्वलन गरेको छ । भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा १३ औं दिनको पुण्य तिथिमा दीप प्रज्वलन गरेको हो ।
भदौ १० मा आएको अकल्पनीय प्राकृतिक विपदीमा भएको जीऊधनको क्षतिले देश शोकमग्न भएको र अकालमै ज्यान गुमाउनु परेकाहरुको आत्मको शान्तिको लागि दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ताहरुको सकूशल उद्दार गर्न सकियोस भन्ने कामना गरेको नेवाः दय दबू महानगरका अध्यक्ष सत्यम खड्गीले बताए ।
अध्यक्ष सत्यमकै अध्यक्षतामा भएको कार्यक्रममा सुनिल श्रेष्ठ, रोशनी मानन्धर, रोशनी श्रेष्ठ लगायत दबूका महानगर कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

