
मौसम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (conjunctivitis) बिगत केही दिन देखि देशैभर महामारी जस्तै फैलिरहेको छ । कतियय स्कुलहरुका सवैजसो वालवालिका शिक्षकहरु अफिसका कर्मचारी, वैंक तथा वित्तिय संस्थामा काम गरने प्राय मानिसहरुमा पाईएको छ। स्कुल कलेज तगायत धेरै भिडभाड हुने ठाउहरुमा एक व्यत्ति वाट अर्को व्यत्तिमा सजिलै सर्न सक्दछ ।
धेरैजसो वालवालिका हरुमा महामारीकै अवस्था पनि छ। यसको मतलव यो हैनकी वालवालिकामा मात्र हुन्छ , जुनसकै उमेर समुह ,के महिला पुरुष वालवालिका के वयस्क के वुडा वुढी सवै उमेर समुहका मानिसमा हुन्छ । एकजना वाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनाहरुमा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ एक पछि अर्को गरी ।
हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ। व्याक्टेरीया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन् ।
यसका प्रमुख लक्षणहरु :–
१. एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२. आँखा धेरै चिलाउने तथा आँखा टासिने
३.आँखावाट वारम्वार पानी वगीरहने
४.आँखा मा कचेरा लाग्ने तथा टासिने
५.आँखा बाट आँसु वगिरहने
६.आँखा सुन्निने
७.आँखा ले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ ।
८.कहिले काहीँ रुघा खोकी लाग्न सक्छ ।
९.कान तथा घाटीको छेउमा सुनिन पनि सक्छ ।
यस्तो समस्या भएमा के गर्नु पर्दछ त ?
१. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुदैन।
२. आँखा छोइसकेपछि हरेक पटक सावुन पानीले हात सफागर्ने
३. आफुले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने अरुलाइ प्रयोग गर्न तथा छुन नदिने
४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने
५. आफुसुतेको सिरानीको खोल , तन्ना हरेकदिन सफा गर्ने धुने
६. कालो चस्माको प्रयोग गर्ने
७. टीभीको रिमोट , मोवाइल, ल्यापटप सवै जसोले प्रयोग गर्दछौ , घरमा सवैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौ । यी सामानहरु सवैले छुने हुनाले एकवाट अर्को व्यत्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो ।
गलत धारणा
१. यस्तो लक्षण भएको मानिसको आँखा हेर्दा , आँखामा आँखा जुदाउदा सगैं वस्दा , कुराकानि गर्दा , सगैं खाना खादा सर्छ भन्ने गलत धारणा छ । यसो गर्दा एक मानिस वाट अर्को मानिसमा सर्दैन । जब सम्म रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमवाट अर्को मानिसको आँखा सम्म पुग्दैन तब सम्म सर्दैन ।
उपचार तथा सावधानी
यदि कसैमा यस्तो किसीमको आँखामा समस्याहरु देखा परेमा आतिनु हुदैन , सानो सावधानी अपनाउदा ठुलो समस्यावाट वच्न सकिन्छ ।
साधरण जसो यसको असर दुई हप्ता जति रहन सक्छ तर कसै कसैमा अलि लामो समय सम्म पनि रहन सक्छ । आँखाको नानीमा असर गर्न पनि सक्छ , आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरैनै गार्हो हुन्छ ।
आँखाको नानि (cornea) मा दाग तथा फुलो वस्ने समस्या सम्म पनि गराउन सक्छ, आँखाको द्दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन सक्दछन । यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानि अपनाउनु पर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ भने अनुसार गर्नु पर्दछ।
जथाभावि औषधीहरुको प्रयोग गर्नु हुदैन , जथाभावि औषधीको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ । तसर्थ चिकित्सकको सल्लाह वमोजिम मात्र औषधीहरुको प्रयोग गर्नुपर्दछ । घरको दुई मानिसको औषधी एकै कीसीमको हुन पनि सक्छ ,एकै कीसिमको भएपनि अलग अलग प्रयोग गर्ने अलग अलग ठाउमा राख्ने गर्नु पर्दछ ।
औषधी लगाइसके पछि हरेक पटक राम्रो सग सावुन पानीले हात धुनु पर्दछ । यस्ता लक्षणहरु देखा परेमा तुरुन्त नजिकका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गएर चेक जाँच गराउनु पर्दछ । डाक्टरको सल्लाह बिना कुनैपनि प्रकारका औषधिहरुको प्रयोग गर्नु हुदैन । कहिलेकाहीँ सानो तिनो गल्तीले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले समयमै उपचारको बाटटोमा जानू पर्दछ यसले गर्दा समयको वचत, पैसाको वचत साथै ठुलो समस्या हुन वाट जोगिन सकिन्छ ।
वसन्त पौडेल
दृष्टि आँखा अस्पतालमा कार्यरत वरिष्ट दृष्टि विशेषज्ञ हुन् ।

