वीरगन्ज । बरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको सवत्र विरोध भएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा जनआस्था डटकमका सञ्चालक किशोर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
उपसभामुख रुबी कुमारी ठाकुर र दीपिका सिंहको उजुरीको आधारमा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । गोपनियता भंग कसुरमा उनलाई पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
किशोर श्रेष्ठको पक्राउप्रति सर्वत्र विरोध भईरहेको छ । सार्वजनिक पदधारण गर्ने व्यक्ति सार्वजनिक चासोका विषय बन्ने भएकोले समाचार आउनु स्वाभाविक भएको भन्दै विभिन्न क्षेत्रबाट किशोर श्रेष्ठलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पक्राउको विरोध र निन्दा गरेका हुन् । श्रेष्ठ प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष रहेको बेला रबि लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत थिए ।
उनी अमेरिकी नागरिको हैसियतमा नेपालमा बसेको र उनले टेलिभिजनमा काम गर्ने स्वीकृति नेपाल सरकारसँग नलिएको विषय पत्रकार श्रेष्ठले उठाएका थिए ।
बालेन नेतृत्वको सरकारका गृहमन्त्री सुदन गुरुङको व्यावसायी दीपक भट्टसँगको सम्बन्धका विषयमा पनि पत्रकार श्रेष्ठले समाचार लेखेका थिए । अहिले उपसभामुख रुबी कुमारी ठाकुरको प्रेम सम्बन्धको विषयमा पनि लगातार समाचारहरु लेख्दै आएका थिए ।
नेपालमा सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको विषय सार्वजनिक चासोका विषय नै हुने भएकोले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न पाउने र कानूनी उपचारको बाटो हुँदाहुँदे संवैधानिक व्यक्तिले नै कानूनी बाटो नअपनाएर प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी पत्रकारलाई पक्राउ गर्न लगाउनु लोकतान्त्रिक चरित्र नभएको सञ्चारक्षेत्रको जिकिर छ । उनलाई विना शर्त रिहाई गर्नुपर्ने माग पनि व्यापक छ ।
यसैबीच वरिष्ठ पत्रकार तथा जनाआस्था साताहीकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आज साउन २८ गते विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम तय गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रहरी हिरासतमा रहेका पत्रकार श्रेष्ठको अविलम्ब रिहाइको माग गर्दै भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा बिहान ९ बजेदेखि धर्ना दिन लागिएको हो।
पत्रकार श्रेष्ठको गिरफ्तारीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुगेको ठहर गर्दै महासंघले उक्त धर्ना कार्यक्रममा सहभागी हुन प्रेस स्वतन्त्रताका पक्षधर, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवाला सम्पूर्णमा हार्दिक अपिल र आह्वान गरेको छ।
क्ष रहेको बेला रबि लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत थिए । उनी अमेरिकी नागरिको हैसियतमा नेपालमा बसेको र उनले टेलिभिजनमा काम गर्ने स्वीकृति नेपाल सरकारसँग नलिएको विषय पत्रकार श्रेष्ठले उठाएका थिए ।
बालेन नेतृत्वको सरकारका गृहमन्त्री सुदन गुरुङको व्यावसायी दीपक भट्टसँगको सम्बन्धका विषयमा पनि पत्रकार श्रेष्ठले समाचार लेखेका थिए । अहिले उपसभामुख रुबी कुमारी ठाकुरको प्रेम सम्बन्धको विषयमा पनि लगातार समाचारहरु लेख्दै आएका थिए ।
नेपालमा सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको विषय सार्वजनिक चासोका विषय नै हुने भएकोले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न पाउने र कानूनी उपचारको बाटो हुँदाहुँदे संवैधानिक व्यक्तिले नै कानूनी बाटो नअपनाएर प्रेस स्वतन्त्रता कुण्ठित

