• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आदिवासी जनजाति पत्रकारहरुका लागि ४० हजार राशीको ‘लेखनवृत्ति कार्यक्रम’

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार ३२, बिहीबार ११:०३
आदिवासी जनजाति पत्रकारहरुका लागि ४० हजार राशीको ‘लेखनवृत्ति कार्यक्रम’
2
SHARES
22
VIEWS

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ ।

समर्पित अनुदान संयन्त्र (डिजिएम) नेपालको वित्तीय सहयोगमा सञ्चालित यस कार्यक्रमले वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन र आदिवासी जनजातिको परम्परागत ज्ञानका क्षेत्रमा खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

डिजिएम नेपाल आदिवासी तथा स्थानीय समुदायको रेडप्लस लगायतका वन तथा जलवायुसम्बन्धी सहभागिता सुदृढ बनाउन कार्यरत परियोजना हो ।

ADVERTISEMENT

यस फेलोसिपका लागि डिजिएम नेपाल परियोजना लागू भएका क्षेत्रका आदिवासी जनजाति समुदायका पत्रकारहरूले आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक पत्रकारले तोकिएका विषयमा न्यूनतम २५० शब्दको मौलिक लेखसहित आवश्यक कागजात पेस गर्नुपर्नेछ । फेलोसिपमा छनोट हुने पत्रकारले अध्ययन, भ्रमण, खोज तथा अनुसन्धानमूलक समाचार, फिचर स्टोरी वा रिपोर्टिङका लागि अधिकतम ४० हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्ने फोनिजले जनाएको छ ।

सहभागीले तयार गर्ने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्ने र त्यो कम्तीमा तीन हजार शब्दको भई शब्द र भिडियो दुवै माध्यममा २१ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आवेदनका साथमा शैक्षिक प्रमाणपत्र, नागरिकता, स्थायी लेखा नम्बर (प्यान), कार्यरत सञ्चार संस्थाको परिचयपत्र वा सिफारिस र व्यक्तिगत विवरण (सीभी) अनिवार्य गरिएको छ ।

आवेदन दिने म्याद २०८३ साल साउन ३२ गतेसम्म तोकिएको छ र इच्छुक पत्रकारले फोनिजको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सक्ने फोनिजका महासचिव समिर बलामीले जानकारी दिएका छन् ।

डिजिएम नेपालकी साधना लिम्बुले आदिवासी र स्थानीय पत्रकारहरूलाई लक्षित गरी सञ्चालित यस कार्यक्रमले स्थानीय समुदायमा सूचना र समाचारको प्रभावकारी पहुँच बढाउने विश्वास व्यक्त गरेकी छन् ।

Previous Post

वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको जयजयकार सहित निकालियो रथयात्रा

Next Post

अवैध लागुऔषध नियन्त्रणका लागि अमेरिकाद्वारा नेपाल प्रहरी र भन्सार विभागलाई ४० थान परीक्षण किट हस्तान्तरण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In