• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, August 21, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १२ लाख बढीको अवैध सामान र सवारीसाधन बरामद

by
प्रकाशित मिति : २०८३ असार २२, सोमबार २१:०३
सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १२ लाख बढीको अवैध सामान र सवारीसाधन बरामद
1
SHARES
10
VIEWS

वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वाटर पर्सा मातहतका विभिन्न टोलीले वीरगञ्जका छुट्टाछुट्टै स्थानबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका १२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन तथा विभिन्न मालसामान बरामद गरेको छ ।

विशेष सूचना र नियमित चेकिङका क्रममा बरामद गरिएका ती सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

नियमित जाँचका क्रममा सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १ लाख ७० हजार रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

यसैगरी वीरगञ्ज महानगरपालिका २ इदगाह चोकबाट भन्सार छली म।प्र। ३–००१ ह ३४५१ नम्बरको अटोमा लोड गरी ल्याउँदै गरेको अटो र कपडासहित कुल ४ लाख ३५ हजार रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका २४ बहुअरी चोक इलाकामा बीआर ०५ एए २२७३ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १ लाख ९५ हजार रुपैयाँ बराबरको मेडिकल सामान र मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी भन्सार मेनगेट इलाकाबाटै १ लाख १६ हजार ४०० रुपैयाँ बराबरको कस्मेटिक सामान, रेनकोट र ओसारपसारमा प्रयोग गरिएको घोडासहितको टाँगा बरामद भएको छ ।

त्यस्तै सीमा सुरक्षा गुल्म अलौको टोलीले १ लाख ३९ हजार ६०० रुपैयाँ बराबरको सामान र मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

यी विभिन्न स्थानका साथै अन्य मातहतका कार्यालयहरूबाट समेत गरी कुल २ लाख ८ हजार ४४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ ।

बरामद गरिएका सम्पूर्ण सवारीसाधन तथा मालसामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Previous Post

रास्वपाको संसदीय दलका नेता फेर्न सक्ने शक्तिशाली अधिकार सभापतिलाई

Next Post

बाँझो जग्गामा अम्बा खेती गर्न उद्योगी पवन गोल्यानको आह्वान, खरिदको जिम्मा ‘माटो नेपाल’ ले लिने

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In